Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

पत्रपत्रिका

प्रतिनिधिसभा विघटन प्रकरण सर्वोच्चमा २५ थान रिट

१० जेठ, काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार सर्वोच्च अदालतमा २५ थान रिट निवेदन परेका छन् । ती सबै रिट निवेदनमा असंवैधानिकरूपमा प्रतिनिधिसभा विघटन गरिएको दाबी गर्दै प्रतिनिधिसभालाई पुनःस्थापना गर्न माग गरिएको छ ।   आइतबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा विघटित प्रतिनिधिसभाका उल्लेख्य संख्याका सांसदहरूले पनि रिट निवेदन दायर गर्ने तयारी गरिएको भए […]

एक महिनाको अवधिमा कसैको पनि मृत्यु नभएको रात

१० जेठ, काठमाडौँ – कोरोनाको दोस्रो लहर सुरु भएयता गत एक महिनाको अवधिमा पहिलोपटक शनिबार  राति  बाँकेका कुनै पनि सङ्क्रमितको  मृत्यु नभएको  जिल्ला  कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । जिल्ला  कोभिड–१९  सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले शनिबार अपराह्न चार बजेदेखि आइतबार दिउँसोसम्म बाँकेको भेरी अस्पताल र मेडिकल कलेजमा   पहिलोपटक […]

जसपामा कारबाही होडबाजी

१० जेठ, काठमाडौँ – फुटनजिक पुगेको जनता समाजवादी पार्टी ९जसपा० विवाद चर्किंदै गएपछि एकअर्कोलाई कारबाही र निर्णय अवज्ञा गर्ने होडबाजी नै चल्न थालेको छ । सरकार निर्माण विषयलाई लिएर पार्टीशीर्ष नेता दुई समूहमा विभाजित भएपछि आन्तरिक विवाद चर्किंदै गएको हो । विवाद उत्कर्षमा पुगेकै बेला एकाले अर्को पक्षलाई कारबाही र अर्को पक्षले निर्णय अवज्ञा गर्नेक्रम […]

रानीखेत रोगको प्रकोपले कुखुरा उत्पादक किसान घटे

१० जेठ, काठमाडौँ – रानीखेत रोगको प्रकोपका कारण कुखुरा उत्पादक किसान घटेका छन् । विगत ४/५ महीना यता रानीखेत रोगले देशव्यापी रूपमा क्षति पुर्‍याएर लाखौं कुखुरा मरेपछि अधिकांश कुखुरापालकले कुखुरा पाल्न छाडेका हुन् । रानीखेत रोग पारामेक्सो प्रजातिको भाइरसका कारण कुखुरामा लाग्ने एक प्रकारको सरुवा रोग हो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरका अनुसार […]

नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेका खोप प्रभावकारी

१० जेठ, काठमाडौँ – नेपालमा अत्यधिक पाइएको कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको एक बेलायती अध्ययनले औंल्याएको छ। बिबिसीका अनुसार अमेरिकाको फाइजर कम्पनी र अक्सफोर्ड तथा अस्ट्राजेनेकाले विकास गरेका खोप संक्रामक मानिएको बी.१.६१७.२ नामक इन्डियन भेरियन्टविरुद्ध प्रभावकारी देखिएका हुन्। हालै गरिएको भाइरसको आनुवांशिक अध्ययनले यही भाइरसको प्रजाति नेपालमा अत्यधिक देखाएको थियो। अस्ट्राजेनेका र […]

आफैं औषधि किनेर खाँदा ठूलो क्षति

१० जेठ, काठमाडौँ – बुटवल गोलपार्कका ५८ वर्षीय पुरुषलाई सामान्य ज्वरो आयो। घरमै रहेको सिटामोल खाएपछि हल्का भएको ज्वरो फेरि अर्को दिन आयो। फेरि औषधि खाए। अर्को दिन शरीर दुख्यो। अनि सामान्य खोकी पनि लाग्यो। शरीर कमजोर हुँदै गए पनि उनी कोरोना परीक्षण गर्न गएनन्। छैटौं दिन उनी उठ्नै सकेनन्। अक्सिजनको तह ८० भन्दा तल […]

स्थगित परीक्षा साउनमा लिने त्रिविको तयारी

१० जेठ, काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले कोरोना (कोभिड–१९) का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने भएको छ । लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्न बाध्य भएकाले स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने गरी विश्वविद्यालयले आन्तरिक तयारी थालेको हो । परीक्षा फाराम जेठ २० गतेसम्म […]

अध्यादेशबाट ल्याइने बजेटमा भत्ता वृद्धिको योजना, वृद्धवृद्धा भत्ता पाँच हजार पुर्‍याउने तयारी

१० जेठ, काठमाडौँ – आफ्नै घोषणाअनुसार चुनावी तथा कामचलाउका रूपमा परिणत सरकारले अध्यादेशबाट ल्याउने बजेटमा पनि विभिन्न भत्ता वृद्धि गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आयोजित पत्रकार सम्मेलनमा गरेको टिप्पणी र अर्थ मन्त्रालयको गृहकार्यअनुसार वृद्धभत्ता वृद्धि निश्चित जस्तै देखिएको छ ।   ‘यसबाहेक स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब भत्ताका विषयमा पनि दबाब छ,’ […]

गाउँमा संक्रमितको संख्या बढ्यो, अस्पताल आउँदाआउँदै मृत्यु

१० जेठ, काठमाडौँ – केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्दै गए पनि उपत्यकाबाहिरका गाउँबाट संक्रमित उपचारमा आउने क्रम बढेको यहाँका अस्पतालहरूले जनाएका छन्। केही दिनदेखि घटेको संक्रमितको चाप पुनः दोहोरिन थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार दुई दिनयता उपत्यकानजिकका धादिङ, काभे्र, नुवाकोटलगायत जिल्लाबाट कडा […]

‘ननकोभिड’को उपचारमा समस्या

१० जेठ, काठमाडौँ – कोरोना संक्रमित संख्या बढिरहेकै बेला अन्य बिरामीसमेत मारमा परेका छन् । मुख्यतः दीर्घरोगी र नियमित औषधि सेवन गर्ने मर्कामा परेका छन् । यो अवस्थामा अधिकांश कोभिड अस्पतालका रूपमा रूपान्तरण गरिएको छ । खासगरी मिर्गौला, मुटुरोग, क्यान्सर, हाडजोर्नी, नसालगायत दीर्घ रोगका बिरामी कोरोना महामारीबीच बढी प्रताडित छन् । यद्यपि, स्वास्थ्य मन्त्रालयले काठमाडौं […]