Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

पत्रपत्रिका

अक्सिजन अपुग : ४० हजार सिलिन्डर तत्काल आवश्यक

२२ वैशाख, काठमाडौँ – कोरोना भाइरस संक्रमण दोस्रो लहरमा फैलिएसँगै मुलुकभर अक्सिजनको चर्को अभाव भएको छ।दिनहुँ सयौं संक्रमित थपिन थालेपछि अक्सिजनको माग उच्च परिमाणमा बढेको हो । संक्रमितको संख्या वृद्धिदरको तुलनामा अक्सिजनको उपलब्धता निकै न्यून देखिएको छ।यही दरमा कोरोना फैलिने हो भने अक्सिजनको माग पूरा गर्न नसकिने उद्योगीले बताएका छन्।नेपाल अक्सिजन उत्पादक संघले स्वदेशमै पर्याप्त […]

आफ्नैबाट हेपिँदै शंकर : अर्का सांसदले पनि छोडे साथ

२२ वैशाख, काठमाडौँ – अल्पमतलाई बहुमत सदर गराएर प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथ खाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो हठका कारण थप कमजोर बन्दै जान थालेका छन्। अल्पमत हुँदा हुँदै पनि संसद छलेर मुख्यमन्त्री बनेका पोखरेलदेखि बिपक्षीहरु क्रुद्ध छन्। उनिहरुले मुख्यमन्त्रीलाई बहिष्कार गरेर अघि बढ्ने रणनीति बनाईसकेका छन्। उता आफूलाई एकल बहुमत प्राप्त दलको मुख्यमन्त्री […]

न्यूनतम पारिश्रमिक निर्धारणप्रति रोजगारदाता असन्तुष्ट

२२ बैशाख,काठमाडौँ – आगामी आर्थिक वर्ष २०७८/७९ को साउन १ गतेदेखि लागू हुने गरी सरकारले श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक निर्धारण गरेपछि निजीक्षेत्रका रोजगारदाताहरू असन्तुष्ट देखिएका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमण र जारी निषेधाज्ञाका बीच उद्योग व्यवसाय कसरी जोगाउने र कार्यरत श्रमिकलाई पारिश्रमिक कसरी दिने भन्ने विषय नै गम्भीर भएका बेला सोच्दै नसोची सरकारले एकतर्फी […]

अल्पमतमा प्रधानमन्त्री ओली !

२२ बैशाख, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै ओली सरकार अल्पमतमा परेको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले माओवादी केन्द्रसहितको समर्थनमा ४ फागुन २०७४ मा प्रधानमन्त्रीको शपथ लिएका थिए । तत्कालीन एमाले र […]

३९ जनाको बचाउ गर्न पुनः अध्यादेश जारी

२२ बैशाख, काठमाडौँ – दुई महिनाअघि संवैधानिक निकायमा नियुक्त पाएका ३९ जनालाई बचाउ गर्नका लागि सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बधी ऐनलाई संशोधन गर्न जारी गरिएको अध्यादेशलाई पुनः जारी गर्नुभएको छ । यसभन्दा अघि सोही अध्यादेशलाई गत पुस ५ गते संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्न राष्ट्रपति भण्डारीबाट […]

बढ्दो सङ्क्रमणले अन्योलमा एसईई

२२ बैशाख, काठमाडौँ – कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ । राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहका मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुनसक्ने अनुमान सरोकारवालाले गरेका छन् । […]

गति लियो सडक विस्तारले, झन्डै ११ हजार रुख काटिने

२१ बैशाख, काठमाडौँ – विभिन्न समस्या तथा अवरोध समाधान गर्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको विस्तारले गति लिएको छ । वन तथा निकुञ्ज क्षेत्रमा जग्गा अधिग्रहण, रुख कटानलगायतका काम अगाडि बढाउन सबै प्रकारका कानुनी अड्चनको निराकरणसँगै राजमार्गको सो खण्डको विस्तार कार्यले गति लिएको हो । नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजनाका प्रमुख रमेशकुमार दिष्टीले नारायणगढ–बुटवल सडकखण्ड विस्तार कार्य […]

माओवादीसँग क्रुद्ध ओलीले आफू अनुकूलका नेतालाई नियुक्ति दिन थाले

२१ बैशाख, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका तर्फबाट नियुक्ति पाएका नेताहरूलाई हटाउन थालेका छन्। एमाले र माओवादी एकीकरण भएको बेला भागबन्डामा नियुक्ति पाएका माओवादी नेताहरूलाई पदबाट हटाई ओलीले आफू अनुकूलका नेतालाई नियुक्ति दिन थालेका हुन्। माओवादीका तर्फबाट नियुक्त गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई हटाएर ओलीले सीता […]

६ वर्षपछि खुल्यो इजरायल

२१ बैशाख, काठमाडौँ – सरकारले इजरायलमा “केयरगिभरु का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ ।” इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका २०७८ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ । सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च […]

कोरोना बोकेर गाउँतिर

२१ बैशाख, काठमाडौँ – कोराना संक्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन्। प्रत्येक दिन हजारभन्दा बढी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका नाकाबाट सुदूरपश्चिम प्रवेश गरिरहेका छन्। तर उनीहरूलाई परीक्षणबिना नै गाउँ जान दिइएको छ। भारतबाट फर्कनेको नाकामा एन्टिजेन जाँच गरेर संक्रमण पत्ता लगाउने भनिए पनि किट अभावमा अधिकांशको जाँच हुने […]