Date
शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

६ वर्षपछि खुल्यो इजरायल

२१ बैशाख, काठमाडौँ – सरकारले इजरायलमा “केयरगिभरु का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ ।”

इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका २०७८ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ ।

तर उक्त सम्झौताअनुसार रोजगारदाताले उक्त शुल्क तिर्न नमाने सम्बन्धित व्यक्तिले तिर्नुपर्ने व्यवस्था गरिएको हो ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: