पत्रपत्रिका
३ दिनमा ३ भाइको निधन
६ जेठ, काठमाडौँ – मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद)को पवित्र रोजा चलिरहेको थियो। नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीनभाइलाई रोजाकै बेला कोरोना संक्रमण भयो र ज्यान गयो। स्व।नजिर अहमद हल्वाई र फातिमा बानुका ७ भाइ छोरामध्ये काइलो ४८ वर्षका इम्तियाज अमहद, राइलो ४६ वर्षका एजाज अहमद र ४१ वर्षका कान्छो […]
अक्सिजनको समस्या ९५ प्रतिशत समाधान, दैनिक दश टन लिक्विड आयात
६ जेठ, काठमाडौँ – कोरोना भाइरसबाट सङ्क्रमित बिरामीका लागि अत्यावश्यक रहेको अक्सिजन आपूर्ति ९५ प्रतिशतले व्यवस्थापन भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले बताउनुभयो । हाहाकारनै मच्चिएको थियो तर सबैतिरबाट व्यवस्थापन भएकाले ९५ प्रतिशत समधान भएको छ । आउने साताभित्र शतप्रतिशत आपूर्ति हुनसक्ने गरी व्यवस्थापन भएको उहाँले बताउनुभयो । ओमानबाट ५६० थान र चीनबाट […]
एसईई र कक्षा १२ को परीक्षा मोडालिटीको अध्ययन गरिँदै
६ जेठ, काठमाडौँ – सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को सङ्कट भइरहँदा कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षाको मोडालिटीका बारेमा […]
बजेटअघि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने
६ जेठ, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने प्रावधान छ । बजेटअघि संसद्मा नीति तथा कार्यक्रमका लागि बजेट अधिवेशन हुने गर्छ । बजेट प्रस्तुत गर्ने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री ओलीले भने नीति […]
एमाले कार्यदल पार्टी एकता जोगाउन सक्रिय
५ जेठ, काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले० विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउने सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत गरेको छ । कार्यदल सदस्य भीम रावलका अनुसार विवाद समाधान गर्दै पार्टी एकताबद्ध रूपमा अघि बढाउन नेतृत्वसँग आग्रह गर्ने निर्णय छ । […]
आठ बुँदे सहमतिलगत्तै ठाकुर र यादवबीच अर्को विवाद
५ जेठ, काठमाडौँ – केपी ओली नेतृत्वको सरकार ढाल्ने कि सरकारविरोधी गठबन्धनमा नलाग्ने भन्ने विषयमा विवाद बढ्दै गई झण्डै फुट्न लागेको जनता समाजवादी पार्टीलाई विभाजनबाट रोक्न उक्त पार्टीको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार ८ बुँदे सहमति गरेका छन्। तर ८ बुँदे सहमति सार्वजनिक भएलगत्तै जसपाभित्र अर्को विवाद सुरु भएको छ। ८ बुँदे सहमति […]
खोप खरिदमा आलटाल
५ जेठ, काठमाडौँ – पीसीआर गराएकामध्ये ४३ प्रतिशतलाई कोरोना र ३७ जनाको ज्यान गएको दिन वैशाख २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै खोप ल्याउने प्रक्रिया अघि बढिसकेको बताएका थिए । उनले भनेका थिए, ‘मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैं खोप खरिद प्रक्रिया सुरु गरिसकेको छ । चीन, रुसलगायत […]
प्रधानमन्त्री ओलीलाई दोहोरो दबाब
२२ वैशाख, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रको आन्तरिक विवाद मिलाउन दोहोरो दबाब परेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई पनि समेटेर विश्वासको मत लिन ओलीलाई उनकै समूहबाट दबाब परेको छ। त्यस्तै खनाल–नेपाल पक्षले पनि आफूहरू पार्टी मिलाउने पक्षमा रहेको तर निषेध गरेर जाने हो भने अप्रिय निर्णय लिन सक्ने सन्देश […]
सर्वाधिक संक्रमण र मृत्यु
२२ वैशाख, काठमाडौँ – कोभिड–१९ बाट मंगलबार हालसम्मकै बढी संक्रमण र मृत्यु भएको छ । १६ हजार १ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ जना (४७.०३ प्रतिशत) मा संक्रमण पाइएको छ भने एकै दिन ५५ जनाको मृत्यु भएको छ । लगातार तेस्रो दिन ७ हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको […]
कांग्रेस नेतृत्वमा बन्ला नयाँ सरकार ?
२२ वैशाख, काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्व सरकारलाई विश्वासको मत पुग्न नदिने निर्णय मंगलबार गरेको छ। यसअघि कांग्रेस केन्द्रीय समितिले ओली नेतृत्वको सरकारको विकल्प खोज्ने निर्णय गरेको थियो। यतिमात्रै होइन, केन्द्रीय समितिले कांग्रेसकै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय पनि गरेको थियो। राजनीतिक अविश्वास र संकट चुलिँदै गएका […]



