Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

समाचार

सूर्यदेवको आराधाना गरी मनाइँदै छठ

काठमाडौँ – छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा […]

म्याग्दीका किसानलाई धान धन्क्याउने चटारो (फोटोफिचर)

म्याग्दी – तिहार सकिएलगत्तै म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरको चिप्लेटी र नयाँगाउँका किसान धारापानी खेतमा लगाएको धान भित्र्याउने चटारो सुरु भएको छ । दसैं, तिहारलगत्तै धान काट्ने र भित्र्याउन भ्याइनभ्याई सुरु भएको हो । उनी बिहानदेखि बेलुकीसम्म खेतमा व्यस्त हुने गरेका छन् । फेरि गत वर्षजस्ते पानी परेर धान नष्ट नहोस् भन्दै परिवारसहित उनी हतार हतार […]

रोनाल्डोको गोलमा युनाइटेड विजयी

काठमाडौं – इङलिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा बिहीबार राति सेरिफलाई ३–० अन्तरले पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिस्टियानो रोनाल्डोले समान एक एक गोल गरे । रोनाल्डोको यो करियरकै ७ सय १ गोल हो । जितसँगै समूह ‘ई’ मा युनाईटेडले ५ खेलमा १२ […]

चितवनमा डेङ्गु सङ्क्रमित दुई हजार नाघे

चितवन – चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्ला […]

इरानमा अतिवादी हमला, कम्तीमा १२ जनाको मृत्यु

एजेन्सी – इरानको दक्षिणी सहर सिराजमा भएको अतिवादी हमलामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको छ । बुधबार उक्त सहरको एक धार्मिकस्थलमा अतिवादीले विस्फोट गराउदा १२ जनाको मृत्यु भएको र २० जना घाइते भएका सरकारले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । मारिनेमा एकजना महिला र अरु दुई बालबालिका छन् । सो […]

आलु, मकैको विकल्पमा किवी

भोजपुर – भोजपुरका किसान व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकै खेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् । बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै व्यावसायिक किवी खेतीमा लागेको किसान बताउँछन् । किवी खेतीबाट राम्रो आम्दानी हुने उनीहरूको […]

विश्वको तापमान वृद्धि नियन्त्रणबाहिर जान लागेको संयुक्त राष्ट्र सङ्घको चेतावनी

काठमाडौँ – संयुक्त राष्ट्र सङ्घले विश्वको तापमान वृद्धि नियन्त्रणबाहिर जान लागेको प्रतिवेदन सार्वजनिक गरेको छ । अध्ययन प्रतिवेदनले विश्व तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रयासका लागि विश्वसनीय मार्गचित्र नदेखिएको जनाएको छ । वैज्ञानिकहरूले तापमान वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि पुगेको अवस्थामा विश्वभरिका मानिसमा नकारात्मक प्रभाव पर्ने बताएका छन् । […]

तिहार सकियो, छठ पर्वको रौनक सुरु

काठमाडौँ – यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका थिए । यस्तै, दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका थिए । भाइटीकासँगै झिलिमिली […]

टी–२० विश्व कप क्रिकेटमा आज इंग्ल्याण्ड र आयरल्यान्ड तथा अफगानिस्तान र न्युजिल्यान्ड खेल्दै

काठमाडौँ – टि–२० विश्वकप क्रिकेट सुपर १२ मा आज दुई वटा खेल हुँदैछन् । आज समूह ‘ए’ मा रहेका इंग्ल्याण्ड र आयरल्यान्ड तथा अफगानिस्तान र न्युजिल्यान्डबीच खेल हुनेछ । मेलवर्नमा आज हुने पहिलो खेलमा इंग्ल्याण्ड र आयरल्यान्ड बिहान पौने १० बजे खेल्दैछन् । त्यस्तै दोस्रो खेलमा पौने दुई बजे अफगानिस्तान र न्युजिल्यान्डबीच खेल हुनेछ । […]

यी तीन प्रदेशमा आज हल्का वर्षाको सम्भावना, भाइटीकाको दिन कस्तो रहला मौसम ?

काठमाडौँ – हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो प्रदेश नं १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा […]