Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

समाचार

चीनमैं थन्किए व्यापारीका सामान

सिन्धुपाल्चोक – कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै चीनले नेपालसँग जोडिएका भन्सार नाकाहरू बन्द गरेपछि सयौँ कन्टेनर सामान चीनतिरै अड्किएका छन् । नाका खुल्नेबारे नेपाल पक्षले कुनै जानकारी नपाउँदा दशैँलाई लक्षित गर्दै ल्याइएका सामान दशैँअघि नेपाल आउने सम्भावना कमजोर भएको छ । अर्कोतिर फलफूल कुहिने अवस्था बनेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले उत्तरी […]

च्याम्पियन्स लिगः चेल्सी पहिलो खेलमै पराजित, सिटी र रियल मड्रिड विजयी

काठमाडौँ – युरोपेली च्याम्पियन्स लिग फुटबलमा समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब चेल्सी पराजित भएको छ । चेल्सी क्रोएसियाको डाइनामो जाग्रेबसँग १–० गोलले पराजित भयो । घरेलु मैदानमा जाग्रेबको जितमा मिस्लाभ ओर्सिचले खेलको १३ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । यस जितसँगै समूह ‘ई’ को जाग्रेबले पहिलो खेलमा ३ अंक जोडेको छ । […]

डेङ्गु परीक्षणमा एकरूपता कायम गरिने

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षणको शुल्कमा एकरूपता कायम गर्ने भएको छ। सरकारी र निजी दुवै खालका स्वास्थ्य प्रयोगशालाले न्यूनतम चार सयदेखि तीन हजार चार सय रुपियाँसम्म लिने गरेका थिए। डेङ्गु परीक्षण गर्ने किट विभिन्न दातृ निकायले निःशुल्क दिने गरेका छन्। यसरी निःशुल्क दिएको किटमा समेत सरकार मातहतका निकायले महँगो शुल्क लिने गरेका […]

पल शाहले पाए सफाई, बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष कैद सजाय

नवलपुर – नाबालिग जबर्जस्तीकरणी अभियोगमा जेल चलान भएका अभिनेता पल शाहले सफाइ पाएका छन् । जिल्ला अदातल, नवलपुरले अभिनेता शाहलाई सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना पनि सुनाएको छ । मंगलबार यज्ञप्रसाद आचार्यको इजलासले उक्त फैसला गर्दै पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि […]

पूजाको प्रसाद खाँदा ३५ जना बिरामी

झापा – मेचीनगर–६ स्थित मिश्र डाँडाको एउटा घरमा पूजाको प्रसाद खाँदा करिब ३५ जना गाउँले बिरामी परेका छन् । काँकडभिट्टा खानेपानी कार्यालय छेउको मिश्र डाँडाका जनम थापामगरको घरमा आइतबार भीम मगरको एक वर्षको बर्खान्त सकेर सोमबार पूजा लगाइएको थियो । पूजाको प्रसाद खाएका करिब ३५ जना आफन्त र छिमेकी आज बिहानदेखि बिरामी परेको इलाका प्रहरी […]

महिलाको तुलनामा पुरुषलाई यसकारण लामखुट्टेले बढी टोक्छ

काठमाडौँ – एउटा नयाँ अध्ययनअनुसार लामखुट्टेले महिलाको तुलनामा पुरुषलाई टोक्ने सम्भावना बढी हुन्छ । पुरुषहरू प्रायः तिनीहरूको शरीरको आकारका कारण लामखुट्टेको शिकार हुने गरेको शोधकर्ताहरूले उल्लेख गरेका छन् । ‘ठुला शरिरका व्यक्तिहरूले लामखुट्टेलाई बढी आकर्षित गर्छन् । उनीहरूको अधिक सापेक्षिक ताप वा कार्बन डाइअक्साइडका कारण ठुला शरीर भएका व्यक्तिहरूले लामखुट्टेलाई बढी आकर्षित गर्छन्’, अध्ययनमा भनिएको […]

कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप, प्रहरीमा जाहेरी दर्ता

काठमाडौँ – लामिछानेविरुद्ध जबरजस्ती करणी आरोपमा प्रहरीमा जाहेरी परेको छ । काठमाडौको एक कलेजमा अध्ययनरत किशोरीले मंगलबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् । मंगलबार साँझ परेको जाहेरीमाथि अध्ययन भइरहेको प्रहरीले जनाएको छ । तर, प्रहरी अधिकारीहरूले औपचारिक रूपमा यसबारे बोल्न चाहेका छैनन् । प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँच गरी घटना भएको स्थानको प्रमाण […]

मन्त्रीसँग विवाद गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्ड पाँच दिन थुनामा

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री जीवनराम श्रेष्ठसँग विवाद गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्डलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौले ५ दिन थुनामा राख्न अनुमति दिएको छ । जिल्ला प्रशासनले हिजो छायाँ सेन्टरका सुरक्षा गार्ड शेरजङ्ग गुरुङलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । क्यानडा जानका लागि श्रीमतीको बायोमेट्रिक गराउन गएको शुक्रवार ठमेलमा रहेको […]

चीनमै रोकिए पाँच सय कन्टेनर

काठमाडौँ । चीनले कोभिडको कारण देखाउँदै एकतर्फी रूपमा प्रमुख दुई व्यापारिक नाका बन्द गरेपछि नेपाल आउन लागेका करिब पाँच सय कन्टेनर उतै रोकिएका छन् । चिनियाँ पक्षले पूर्व जानकारी नदिई रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाल आउन लागेका मालवाहक कन्टेनर चीनतर्फ रोकिएको हिमालय सीमापार वाणिज्य संघले जनाएको छ। संघका महासचिव भरत कार्कीका अनुसार लत्ताकपडा, […]

निर्वाचनमा धाँधलीको मुद्दा पाँच वर्ष बित्दा पनि टुङ्गिन सकेन

काठमाडौँ । २०७४ सालमा निर्वाचनमा धाँधली भएको भन्दै दायर गरेका उम्मेदवारको मुद्दाको सुनुवाइ पाँच वर्ष बित्न लाग्दासमेत टुङ्गिन सकेको छैन । २०७४ साल मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुनसरी ३ बाट नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार निर्वाचित भए । उनले वामगठबन्धनकी उम्मेदवार भगवती चौधरीलाई ३ सय २१ मतले पराजित गरे । गच्छदारले ३८ हजार ९ […]