Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

समाचार

दृष्टिविहीन आमाको भरमा ‘सात छोरी’

रामेछाप – दलानमा मकैको खोस्टा र चाउचाउका प्लास्टिक च्यात्दै चकटी बुनिरहेकी चमेलीको आफ्नै कथा छ । परबाट हेर्दा आँखा देखेजसरी हातको काम गरिरहेको देखे पनि चमेलीले देख्न छाडेको १५ वर्ष भइसक्यो । उनको पूरा नाम भने चमेली मगर हो । मन्थली नगरपालिका–९ पुराना गाउँकी ४० वर्षीया चमेलीको दुवै आँखा बन्द छन् । आँखा नदेखे पनि […]

चीनले सीमा नाका नखोल्दा दसैं महँगो हुने

काठमाडौं – चीनबाट दसैंलगायत चाडपर्वका लागि आएका लत्ताकपडा तथा फलफूल कोरोना जोखिमको कारण देखाउँदै चिनियाँ पक्षले एकतर्फी नाकाबन्द गर्दा व्यापारी समस्यामा परेका छन् । यसबाट उपभोक्तालाई दसैं महँगो हुने व्यापारीको भनाइ छ । करिब एक महिनादेखि चिनियाँ पक्षले बिना सूचना नेपालतर्फको सिमाना सिल गर्दा सयौं कन्टेनर चीनतर्फ अलपत्र भएको व्यापारीको भनाइ छ । यसकै कारण […]

असोज १ भित्र नागरिकता विधेयक प्रमाणीकरण नभए के हुन्छ ?

काठमाडौं – संघीय संसद्बाट पारित नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेको छ । राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद्मा फिर्ता पठाइएको नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले यथावत् रूपमै पारित गरेपछि पुनः प्रमाणीकरणका लागि पठाइएको हो । राष्ट्रपति भण्डारीको चासो सम्बोधन नगरी विधेयक पुनः प्रमाणीकरणका लागि पठाइएपछि उनले आन्तरिक छलफल थालेकी छन् […]

बार्साको जीतमा लेवान्डोस्कीको ह्याट्रिक

काठमाडौँ – रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले स्पेनिस महारथी बार्सिलोनाले भिक्टोरिया प्लेजनमाथि ५-१ को सहज जित हासिल गरेको छ । ३४ वर्षीय पोल्याण्डका फरर्वाडले बायर्न छाडे यता यो सिजन ५ खेलमा ८ गोल गरिसकेका छन् । खेलमा फ्रांक केइसीले खेलको १३ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । ३४ औँ मिनेटमा लेवान्डोक्सीले अग्रता दोब्बर बनाए । […]

चेपाङले मनाए ‘न्वागी’ पर्व

चितवन – चितवनका चेपाङ समुदायले बुधबार ‘न्वागी’ पर्व मनाएका छन् । हरेक वर्ष भदौ महिनामा चेपाङ समुदायले यो पर्व मनाउँदै आएका छन् । भदौमा नयाँ अन्नबाली र फलफूल पाकेपछि यो पूजा गर्ने चलन छ । केही वर्षयता नेपाल चेपाङ सङ्घको पहलमा भदौ २२ गतेलाई छोनाम अर्थात् ‘न्वागी’ राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ । यस […]

कार्यदलको बैठक बस्दै, आजै प्रतिवेदन शीर्ष नेतालाई बुझाइने

काठमाडौँ – सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । कार्यदलले बुधबारबाटै प्रतिवेदन लेख्न थालेको हो । प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै शीर्ष नेताहरूलाई […]

सुपर लघुवित्त वित्तीय संस्था समस्याग्रस्त घोषणा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । नेपाल राष्ट्र बैङ्कको लघुवित्त संस्था सुपरिवेक्षण विभागले स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणका आधारमा समस्याग्रस्त घोषणा गरिएको बुधबार जनाएको हो । विभागका अनुसार सो लघुवित्त संस्थाको सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूले प्रत्यक्ष संलग्न भई संस्थाको […]

सिसिटिभी फुटेजमा नाबालिग र सन्दीपसँगै देखिए

काठमाडौँ – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथिको बलात्कार आरोपबारे अनुसन्धानकै क्रममा बुधबार प्रहरीले काठमाडौं इन होटलको ‘सिसिटिभी फुटेज’ संकलन गरेको छ। प्रहरी स्रोतका अनुसार नाबालिगले दाबी गरेकै समयमा दुवै जना होटलभित्र प्रवेश गरेको र बिहान ६ बजे बाहिरिएको देखिएको छ। तर होटलको अतिथि पुस्तिकामा भने उनीहरूको नाम नभेटिएको प्रहरी स्रोतले जनाएको छ। उता होटल […]

विवादित करका दर संशोधन

काठमाडौँ – चालू आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमार्फत हेरफेर गरिएका विवादित करका दर संशोधन गरिएको छ । बुधवार सम्पन्न मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा विवादित करका दर संशोधन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले सेनेटरी प्याड, जीआई वायर र खानेतेलको भन्सार दर संशोधन गरेको हो । चालू आवको बजेटमार्फत करका दरमा गरिएको हेरफेरको […]

चीनको प्रतिस्पर्धामा नेपाली चिया

काठमाडौँ – नेपालले आफ्नो चिया टेस्टिङ (स्वाद जाँच)का लागि चीनमा नमुना पठाउने भएको छ । नेपालमा उत्पादित चिया चीन निर्यात हुने भएपछि स्वाद जाँचका लागि त्यता पठाउन लागेको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा। विष्णुप्रसाद भट्टराईका अनुसार सेप्टेम्बर १८–२१ सम्म चीनको बेजिङमा हुने चिया प्रतिस्पर्धा (टी कम्पिटिसन)मा भाग लिने र […]