Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

समाचार

आत्महत्या रोकथाम दिवसः आत्महत्या कायरता होइन मनोरोग हो

नोर्बु योञ्जन हरेक वर्ष सेप्टेम्बर १० अर्थात भाद्र २५ गतेका दिनलाई बिश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाईने गरिन्छ । यस वर्ष पनि विश्व स्वास्थ्य संगठनले ‘आशा जगाऔ जीवन बचाऔ’ भन्ने नारा सहित विश्वभर नै मनाई रहेको छ । आत्महत्या कायरता होइन मनोरोग हो उपचार सम्भब छ त्यसैले खुलेर कुरा गर्न आवश्यक छ। आत्महत्या भनेको आफ्नो […]

विश्वकै कम उचाइमा रहेको कफुचे हिमताल

कास्की – कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दावी गरिएको छ । समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको कला संस्कृतिले भरिपूर्ण गुरुङ गाउँ सिक्लेसबाट एक दिनको पदयात्रामा पुग्न सकिने भएका कारण […]

इन्स्टाग्राममा सबैभन्दा धेरै फलो हुने तेस्रो व्यक्ति बनिन् काइली

काठमाडौं – युवा व्यवसायी तथा रियालिटी टिभि स्टार काइली जेनरले सामाजिक सञ्जालमा नयाँ प्रवीणता हासिल गरेकी छिन् । काइली जेनर इन्स्टाग्राममा ३० करोड फलोअर्सको संख्या पार गर्ने पहिलो महिला बनेकी छिन् । इन्स्टाग्राममा ३० करोड मानिसले काइली जेनरलाई फलो गरिरहेका छन् । योसँगै काइली जेनर इन्स्टाग्राममा सबैभन्दा धेरै फलो हुने तेस्रो व्यक्ति बनेकी छिन् । […]

विश्वको सबैभन्दा अग्लो रेलवे पुलले कश्मीरी गाउँलेहरूलाई दिएको आशा

एजेन्सी – कश्मीरको चेनाब नदीमा रहेको विश्वको सबैभन्दा अग्लो रेल पुलको आर्क भारतको स्वतन्त्रता दिवसको अवसरमा निर्माण सम्पन्न भएपछि रेलहरू चल्न थालेका छन् । कश्मिर उपत्यकाका मानिसहरू त्यस पुलको सुरुवातसंगै अब राम्रो अर्थतन्त्रको प्रतीक्षा गरिरहेका छन् । उधमपुर-श्रीनगर-बारामुल्ला रेल लिंक (USBRL) परियोजनाको भागको रूपमा चिनाब रेल पुल निर्माण भइरहेको छ जसले कश्मीर र लद्दाख क्षेत्रहरूलाई […]

कुखुरा फार्ममा बाढी पस्यो, १३ लाखको क्षति

काभ्रे – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान, महादेवस्थानमा रहेको कुखुरा फार्ममा बाढी पस्दा १३ लाख बराबरको क्षति भएको छ । बिहीबार दिउँसो दाजुभाई एकीकृत बहुउदेश्यीय फार्म नजिकै रहेको खोल्सामा आएको बाढी फार्ममा पसेको हो । बाढीका कारण ३ सय कुखुरा मरेका छन् । यस्तै कुखुरका लागि ल्याइएको दाना र भुस पनि काम नलाग्ने भएको छ । […]

नेपाली सेनामा ४ हजार जवानका लागि भर्ती खुल्यो (सूचनासहित)

काठमाडौँ – नेपाली सेनाले ४ हजार जवानका लागि भर्ती खुला गरेको छ । आज (शुक्रबार) सेनाको भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग, जङ्गी अड्डाले विज्ञापन प्रकाशित गर्दै उल्लिखित पदका लागि आवेदन माग गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले रीतपूर्वक आवेदन दिन सक्नेछन् । माग गरिएका कुल दरबन्दीमा सैन्य परिवारका लागि २०० सिट छुट्याएर बाँकी […]

सन्दीपले भने- आधारहीन आरोपको सामना गर्न नेपाल फर्किँदैछु

काठमाडौं – नाबालिगलाई बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्। सन्दीपले शुक्रबार बिहान सामाजिक संजाल फेसबुकमार्फत आफू निर्दोष रहेको र आधारहीन आरोपको सामना गर्न नेपाल फर्किने बताएका छन्। सन्दीपले नेपालको कानुनलाई मान्ने उल्लेख गर्दै कानुनले सबैलाई समान रुपले हेर्ने आशा पनि व्यक्त गरेका छन्। सन्दीपविरुद्ध काठमाडौं […]

आज इन्द्रजात्रा मनाइँदै

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा […]

कार्यदलको अधुरो प्रतिवेदनलाई लिएर शीर्ष तहमा छलफल हुँदै

काठमाडौं – सत्तारूढ गठबन्धनको सिट बाँडफाँट कार्यदलले बुझाएको अधुरो प्रतिवेदनमा शुक्रबार शीर्ष नेताहरू छलफल गर्दैछन्। दिउसो ३ बजेपछि हुने छलफलमा मिल्न बाँकी ३२ सिटका विषयमा सहमति जुटाउने प्रयास हुनेछ। कार्यदलका एक सदस्यका अनुसार ३०(३२ वटा सिटमा गठबन्धनका चारै दलले जितको सम्भावना देखेपछि बाँडफाँट जटिल बनेको हो। कांग्रेसले दाबी गरेको ४७ सिट, माओवादीले दाबी गरेको १२ […]

कोग्रागत पूर्णिमाको दिनमा सांसदको उम्मेदवारी दर्ता

काठमाडौं – आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने दिन दशैंपछि कोग्रागत पूर्णिमाको दिनमा परेको छ । निर्वाचन आयोगले बिहीबार कार्यतालिका सार्वजनिक गरी असोज २३ गते आइतबार प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय गरेको हो । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको मनोनयन एकै दिन हुनेछ । […]