Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

समाचार

ऋण लिएर आयल निगमले आईओसीलाई बुझायो १६ अर्ब ८० करोड रुपैयाँ

४ साउन, काठमाडौँ – नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन ९आईओसी०लाई १६ अर्ब ८० करोड रुपैयाँ बुझाएको छ । निगमका अनुसार तेल बिक्री गरेबापत ३ अर्ब ४६ करोड रकम जुटेको थियो । त्यस्तै सरकारले उपलब्ध गराएको ७ अर्ब ऋण, राष्ट्रिय बाणिज्य बैंकको ३ अर्ब ऋण र ठूला करदाताले भ्याट फिर्ताबापत दिएको रकमबाट आईओसीलाई भुक्तानी गरिएको […]

एक वर्षमा ७ सय किलोमिटर सडक मात्र कालोपत्र

४ साउन, काठमाडौँ – सरकारले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम अर्थात् केवल ७ सय किलोमिटर सडक मात्र कालोपत्रे गरेको छ। सरकारले गत आर्थिक वर्षमा १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। सडक विभागले यसरी लक्ष्यभन्दा धेरै कम काम हुनुको दोष सार्वजनिक खरिद प्रक्रिया र निर्माण व्यवसायीको काम गर्ने कार्यशैलीमाथि थुपारेको छ। सार्वजनिक खरिद […]

सिंहदरबारभित्र पत्राचारको बेहाल, वल्लो घरले पल्लोलाई लेखेको चिठी दुई वर्षदेखि बेपत्ता

४ साउन, काठमाडौँ – सिंहदरबारस्थित संघीय संसद् सचिवालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आँगन एउटै छ । एउटै आँगन भएका दुई भवनमा बसेका सरकारी कार्यालयका अधिकारी यताबाट उता पठाउने उताका आउला भनेर कुरेको दुई वर्षभन्दा बढी भयो तर मन्त्रालयको चिठी संसदीय समितिमा पुग्न सकेको छैन । पर्यटन मन्त्रालय मातहत रहेको तारागाउँ विकास समितिले […]

काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

३ साउन, काठमाडौं – काभ्रेको रोशी गाउँपालिका ११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा७०प ४१८२ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चालक सिन्धुलीको मझुवा गाउँपालिका(५ का १९ वर्षीय मिलन मग्रातीको मृत्यु भएको हो । मग्रातीको धुलिखेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सो […]

युरोपको आधा भू-भाग खडेरीको जोखिममा

३ साउन, काठमाडौं – युरोपेली सङ्घ (ईयू)को आधा भू–भाग खडेरीको जोखिममा परेको युरोपेली आयोगका अनुसन्धानकर्ताले चेतावनी दिएका छन् । युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा ईयूको ४६ प्रतिशत भू–भागमा खडेरीको उच्च जोखिम रहेको उल्लेख छ । दक्षिण पश्चिम युरोपमा उच्च गर्मीले पानीको अभाव हुन थालेको छ। त्यहाँ खेतीयोग्य जमिनमा पानीको अभावले लगाइएको बाली […]

खडेरीमा पानी पार्न भन्दै जनप्रतिनिधिलाई महिला समूहले बाँधेर लगे

३ साउन, कपिलवस्तु – बर्खामास खडेरीले अत्तालिएको बेला पानी पार्न अवलम्बन गरिने अनेक परम्परा छन् । तीमध्ये मध्यतराईको थारू समुदायमा गोरु बिहे प्रचलनमा छ । त्यही परम्परा धान्न सोमबार कपिलवस्तु बुद्धभूमि नगरपालिकाको गोरुसिङेका थारू समुदायका युवती फरक पहिरनमा देखिए । महिलाले पुरुषको पहिरनमा देखिँदा सबैलाई अचम्म लागेको थियो । कालो चस्मा, टाउकोमा पगरी, सर्ट र धोती लगाउँदै उनीहरू नजिक […]

यसकारण उकालो लाग्दैछ सङ्क्रमणको ग्राफ

३ साउन, काठमाडौं – कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या आजसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ । असार २६ गते १२१ मा सङ्क्रमण र ६७८ सक्रिय सङ्क्रमित रहेकोमा आज सक्रिय सङ्क्रमित एक हजार ७७६ पुगेका छन् । आइतबार साउन १ […]

प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत करारका कर्मचारीलाई यथास्थितीमै राख्न आग्रह

३ साउन, काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत करारका कर्मचारीलाई नहटाउन आग्रह गरेको छ । मन्त्रालयले स्थानीय तहमा नियुक्त भएका करारको रोजगार संयोजक तथा प्राविधिक सहायक कर्मचारीलाई कानूनी प्रकृया अनुसार बाहेक सेवाबाट नहटाउन आग्रह गरेको हो । सोमबार एक सूचना जारी गर्दै कार्यक्रमको शुरुवातदेखि नै […]

१८ वर्षमाथिका नागरिकलाई आजदेखि बुस्टर मात्रा खोप दिइने

३ साउन, काठमाडौं – काठमाडौंमा आज मंगलबारबाट १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ। जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । साउन ६ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन […]

मौसम :अबको तीन दिन धेरै ठाउँमा पानी पर्ने

३ साउन, काठमाडौँ – मनसुन फेरि सक्रिय भएसँगै देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । बिहान काठमाण्डौमा पानी परेको थियो भने प्रदेश-१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज दिउँसोदेखि देशका धेरै ठाउँमा नै पानी पर्ने […]