समाचार
गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या
काठमाडौँ – गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पुर्याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या गरेका हुन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने ४४ वर्षीय पाण्डेको […]
इरानमा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ६९ पुग्यो
१६ साउन, एजेन्सी – इरानमा एक हप्ताभन्दा बढी समयसम्म चलेको भारी वर्षाका कारण आएको बाढीले देशभरि मृत्यु हुनेको सङ्ख्या ६९ पुगेको छ । बाढी पहिरोका कारण ३९ जना घाइते भएका छन् भने अन्य ४५ जना हराइरहेका विपद् व्यवस्थापन अधिकारीले बताएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन संगठन ९एनडीएमओ०का उप–प्रमुख नेजाद जहानीले अर्धसरकारी तास्निम न्यूज एजेन्सीलाई बताए […]
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
१६ साउन, काठमाडौं – पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो। अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए। गए रातिदेखि लगातार पानी परिरहेको छ।
पार्टी सदस्यहरुको विवरण अद्यावधिक राख्न दलहरुलाई आयोगको निर्देशन
१६ साउन, काठमाडौँ – निर्वाचन आयोगले पार्टी सदस्यहरुको विवरण चुस्तदुरुस्त र अद्यावधिक राख्न दलहरुलाई निर्देशन दिएको छ । आयोगले विज्ञप्ति निकालेर बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीहरु तथा संविधान र कानुनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य रहेको व्यक्ति दलको सदस्य रहेको भए कारबाही गर्न समेत निर्देशन दिएको छ । आयोगले राजनीतिक दलहरुलाई सदस्यता वितरण गर्दा राजनीतिक […]
जर्मनीलाई हराउँदै महिला युरोकप-२०२२ को उपाधि इङ्ल्यान्डलाई
१६ साउन, काठमाडौँ – जर्मनीलाई हराउँदै इङ्ल्यान्डले महिला युरोकप-२०२२ को उपाधि जितेको छ । वेम्बलीमा गएराति भएको फाइनलमा जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै इङ्ल्यान्ड च्याम्पियन बनेको हो । खेलको ६२औँ मिनेटमा इला टोनी गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएकी थिइन् । ७९औँ मिनेटमा जर्मनीका लिना मागुलले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । निर्धारित ९० मिनेटको समय […]
कोरोना सङ्क्रमणदर वृद्धि, सीमाक्षेत्रमा कडाइ
१५ साउन, सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा सङ्क्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसका साथै साउन महिनाको दुई साताको सङ्क्रमणदर हेर्दा पनि पहिलोभन्दा दोस्रो साता दोब्बरले बढेको पाइएको छ । पहिलो साता ५६ जनामा सङ्क्रमण देखिएकामा दोस्रो […]
मङ्गलबारसम्मै वर्षा जारी रहने
१५ साउन, काठमाडौँ – आगामी मङ्गलबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी मङ्गलबारसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् हीरा भट्टराईले बताउनुभयो । उहाँका अनुसार प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई […]
नेपाली नागरिकता रद्दिको टोकरीमा फ्याँक्ने कुरा होइनः महासचिव पोखरेल
११ साउन, काठमाडौँ -नेकपा एमालेका महासचिव शंकर पोखरेलले गलत व्यवस्था सहितको नागरिकता विधेयक पारीत गरेर सरकारले सही काम नगरेको बताउनुभएको छ । नेपाली नागरिकता रद्दीको टोकरीमा फ्याँक्ने बस्तु नभएको भन्दै उहाँले विवाह गरेर आएकै दिन नेपाली नागरिकता दिने कुरा गलत भएको बताउनुभयो । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा बोल्दै […]
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प
९ साउन, काठमाडौँ – सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प गएको छ । बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ । […]
७१ प्रतिशत नेपाली श्रमिकले कोभिडकालमा तलब पाएनन्
६ साउन, काठमाडौँ – कोभिड-२९ सङ्क्रमणका बेला श्रम गन्तव्यमा रहेका नेपाली श्रमिकमध्ये अधिकांशले पारिश्रमिक नपाएको पाइएको छ । विशेष गरी खाडी मुलुक र मलेसियामा रहेका ७१ प्रतिशत नेपाली श्रमिकले कोभिड(१९ सङ्कटका कारण आर्थिक गतिविधि ठप्प हुँदा तलब नपाएका हुन्। प्रवासी नेपाली समन्वय समिति ९पीएनसीसी० ले गरेको अध्ययनमा ६७ प्रतिशत श्रमिकको ज्याला कटौती भएको थियो । […]



