पत्रपत्रिका
निषेधाज्ञामा सवारी चाप घटेन, पूर्ण रोक लगाउने तयारी
२१ बैशाख, काठमाडौँ – निषेधाज्ञामा पनि काठमाडौँ उपत्यकाको विभिन्न सडक चोक तथा सुरक्षा चेकजाँच स्थलमा ट्राफिक जाम’ देख्दा स्वयं सुरक्षाकर्मीहरू नै आश्चर्यमा परेका छन् । कोभिड–१९ महामारीको सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि निषेधाज्ञा जारी भएको सोमबार पाँचौँ दिन हो । आइतबारबाट निषेधाज्ञा थप कडाइको निर्णय भए पनि सडकमा सवारीसाधनको चाप ह्वात्तै बढेको छ । अत्यावश्यक […]
विश्वासको प्रस्तावमा प्रत्येक सांसदले दस्तखतसहित मत विभाजन गर्नुपर्ने
२१ बैशाख, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभएको वैशाख २७ गतेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रत्येक सांसदले दस्तखतसहित आफ्नो मत विभाजित गर्नुपर्ने भएको छ । विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि सांसदको विश्वास छ भन्ने प्रमाणित गर्न विश्वासको मतका लागि प्रस्ताव राख्ने भएकोले संबैधानिक प्रावधानअनुसार प्रत्येक सांसदले दस्तखतसहित नै आफ्नो मत विभाजित गर्नुपर्ने भएको […]
रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किए
२१ बैशाख, काठमाडौँ – कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ। तर, यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन। केन्द्रका अनुसार सबभन्दा धेरै संयुक्त […]
बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा
२१ बैशाख, काठमाडौँ – चितवनमा गोलभेँडाले बजार नपाउँदा बारीमै कुहिने अवस्था आएको छ । गोलभेँडा विक्री हुनै नसकेपछि किसानहरू मारमा परेका छन् । लागतको आधाभन्दा पनि पनि कम मूल्यमा बेच्नुपरेको गुनासो उनीहरूको छ । ढुवानी खर्च समेत नउठ्ने भएपछि गोलभेँडा बेच्न नसकिएको भरतपुर महानगरपालिका–२६ का नारायण सापकोटाले बताए । ‘एककेजी गोलभेँडाको उत्पादन लागत १५ रुपैयाँजति […]
बाग्मती किनारमै ‘चिता’
२१ बैशाख, काठमाडौँ – कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ । संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने बाग्मती किनारसमेत शव जलाउन प्रयोग गरिन थालिएको छ । कोरोना संक्रमित शव व्यवस्थापन जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ । सेनाले स्वास्थ्य मापदण्ड पालना गर्दै […]
काठमाडौंमा आफूनिकटलाई ठाकुर-महतोको आमन्त्रण
२१ बैशाख, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूनिकट सांसद तथा पार्टी कार्यकारिणी समिति सदस्यलाई काठमाडौं आउन निर्देशन दिएका छन् । संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, पार्टी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले गत १४ वैशाखमा पार्टी कार्यकारिणी समिति बैठक बसेर ‘आफ्नो पक्षमा बहुमत […]
सरकारी कार्यालय, संघसंस्था वैशाख मसान्तसम्म बन्द
२१ बैशाख काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लकडाउन थप कडा पार्दै अत्यावश्यकबाहेक सबै सरकारी कार्यालय, संघसंस्था वैशाख मसान्तसम्म बन्द रहने बताउनुभएको छ । उहाँले सोमबार देशबासीको नाममा सम्बोधन गर्दै संक्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेसन केन्द्रको व्यवस्था गरेर मात्रै नपुग्ने एक हदसम्मको लकडाउन आवश्यक छ भन्ने विज्ञहरूको सल्लाहअनुसार निषेधाज्ञा जारी गरिएको र यसलाई […]
साढे दुई रुपैयाँको मास्कलाई १० रुपैयाँ
२० बैशाख, काठमाडौँ – कोभिडको मौका छोपी सर्जिकल सामग्री बिक्री गर्ने व्यवसायीहरूले मास्कमा अनुचित मूल्य लिएपछि सरकारले कारबाही थालेको छ । अनुगमनका क्रममा कम्पनीहरूले प्रतिपिस मास्क २ रुपैयाँ ४ पैसामा होलसेललाई बिक्री गरेको पाइएको छ । तर सोही मास्क सर्वसाधारणले प्रतिपिस १० रुपैयाँभन्दा बढीमा किन्नुपरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । ‘सर्जिकल सामानमा अनुगमन गर्दा […]
लुम्बिनीमा यतिसम्म नाटक भयो
२० वैशाख, काठमाडौँ – कोरोनाले जनता आक्रान्त भइरहँदा लुम्बिनी प्रदेशमा भने राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको छ। बिहान १० बजे एकाएक प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका मुख्यमन्त्री शंकर पोखरेलले दिउँसो ३ नबज्दै फेरि मुख्यमन्त्रीमा नियुक्ति पाए। अल्पमतमा परेका पोखरेलले कानुनविद्हरूको चर्को आलोचना, प्रदेश सांसदको धर्ना र झडपका बाबजुद राति ८ः३० बजेपछि आफ्नै कार्यालयमा सपथ पनि खाए। […]
बन्द हुँदै कोरोना बीमा
२० बैशाख, काठमाडौँ – कोरोना भाइरसको नयाँ भेरिएन्टसहितको संक्रमण फैलिएको अवस्थामा बीमा समितिले कोभिड–१९ बीमालेखको कारोबार अगाडि नबढाउने भएको छ । समितिले आर्थिक वर्ष २०७८र७९ अर्थात् असार मसान्तपछि कोभिड–१९ ९कोरोना० बीमालेखको कारोबार बन्द गर्ने भएको हो । बीमा समितिले गतवर्षको वैशाखमा कोभिड–१९ बीमालेख जारी गरेर बीमा कम्पनीहरूलाई यसको कारोबार गर्न निर्देशन दिएको थियो । त्यसपछि […]



