समाचार
कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित
२४ भाद्र काठमाडौँ – नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गत अगष्टमा ०।१ प्रतिशतले वृद्धि भएर […]
सर्वोच्चले भन्यो, ‘अवस्था हेरेर कैदीलाई छाड्नू’
२६ भाद्र काठमाडौं – सर्वोच्च अदालतले कोरोनाको उच्च जोखिममा परेका कैदीबन्दीलाई सजायको प्रकृति हेरेर छाड्न आदेश दिएको छ। कम सजाय भएका कैदीलाई रातमा मात्र जेलमा बसे हुने सुविधा दिन पनि सर्वोच्चले भनेको छ। संक्रामक रोग ऐन २०२० ले दिएको अधिकार प्रयोग गरी विशेष निर्णयमार्फत कैदीबन्दी छाड्न आदेश भएको हो। आदेशानुसार अवस्था हेरेर कैदीबन्दीको सजाय घटाउन […]
मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध कारबाही शुरू
२६ भाद्र काठमाडौँ – काठमाडौँ उपत्यकामा जारी तीन हप्ता लामो निषेधाज्ञा खुकुलो भई बिहीबारबाट राजधानीमा चहलपहल बढेको छ । निजी तथा सार्वजनिक सवारी साधनहरू सञ्चालनमा जोर–बिजोर लागू गरिएसँगै सडकमा सवारीको चाप केही बढेको छ भने व्यापार व्यवसाय तथा पसल खुलेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध कारबाही शुरू भएको छ । महानगरीय प्रहरी […]
रुस, चीन र इरानका ह्याकरको निशानामा अमेरिकी चुनाव
२६ भाद्र काठमाडौँ माइक्रोसफ्टले रुस, चीन र इरानका लागि काम गर्ने ह्याकरहरूले अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव अभियानमा संलग्न रहेका व्यक्ति र समूहहरूको सूचना अनधिकृत रूपमा लिने प्रयास भएको बताएको छ। उक्त प्रविधि कम्पनीले सन् २०१६ को राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिकको चुनावी अभियानको तथ्याङ्क अनाधिकृत रूपमा चोर्नेमा रुसी ह्याकरहरू पनि सामेल रहेको जनाएको छ। होमल्याण्ड […]
नियमित अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढाउने निर्णय
२६ भाद्र काठमाडौँ सरकारले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ । यसअघि दैनिक ८०० यात्रु मात्र ल्याउने गरी निर्धारण गरिएको कोटा हटाएर पिसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गरिने भएको हो । उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, संस्कृति, पर्यटन […]
योगमाया विविमार्फत आयुर्वेद र योगको विकास गरिने छः प्रधानमन्त्री ओली
२६ भाद्र काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले निरोग नेपाल निर्माण अभियानमा नेपालको मौलिक चिकित्सा प्रणाली आयुर्वेदको असाधारण भूमिका हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ आयुर्वेदिक क्षेत्रका विज्ञसंँग छलफलमा उहाँले कोभिड –१९ को रोकथाम, उपचार र नियन्त्रणमा आयुर्वेदको पनि महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई प्राथमिकता दिइने स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले आयुर्वेदमा […]
प्लाज्माथेरापीको लागि रक्त सङ्कलन सुरु
२६ भाद्र काठमाडौँ – नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९का सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन प्लाज्मा थेरापीको लागि रगत सङ्कलन शुरुआत गरेको छ । बुधबार सोसाइटीको केन्द्रीय कार्यालयमा अवस्थित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा ३९ वर्षीय खिमबहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि रक्तदान गर्नुभएको थियो । कोरोनामाथि विजय हासिल गर्नुभएका तनहँु घर भई हाल काठमाडौं बस्दै आउनुभएका उहाँले पहिलो पटक […]
संसदीय सुनुवाई समितिद्वारा प्रस्तावित तीन राजदूतको नाम सर्वसम्मत अनुमोदन
२५ भाद्र काठमाडौं – संसदीय सुनुवाई समितिले प्रस्तावित तीन जना राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले सरकारले सिफारिस गरेका तीन देशका राजदूतको नाम सर्वसम्मत् अनुमोदन गरेको हो । जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारीको नाम सर्वसम्मत अनुमोदन गरेको समिति […]
काठमाडौंबाट बाहिरी जिल्ला जान थप कडाइ
२५ भाद्र काठमाडौं-उपत्यका बाहिरिने मानिसहरुका लागि थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार विज्ञप्ति जारी गर्दै उपत्यकाबाट बाहिर जानेहरुलाई थप कडाइ गरिएको जानकारी दिएको छ । कोरोना महामारीका कारण थप कडाइ गर्नुपरेको प्रशासनले विज्ञप्तिमा भनेको छ । अत्यावश्यक काम परेको खण्डमा मात्र उपत्यका बाहिर जान पाइनेछ । दाह संस्कार, कर्मचारीको सरुवालगायतका अत्यावश्यक […]
सुन तोलामा ४ सय रुपैयाँले बढ्यो
२५ भाद्र काठमाडौँ – बिहीबार सुन चाँदीको भाउ बढेको छ । बुधबार तोलाको ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ४ सय रुपैयाँले नै बढेर ९६ हजार ३ सय पुगेको छ । चाँदीको […]



