Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

धर्म प्रचारमा सरकारको लगनी किन ? भन्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)

विवादीत एसिया प्यासिफिक समिटका लागि ३२ करोड माग

काठमाडौँ-धर्म प्रचार गर्ने प्रपोगाण्डा भएको भन्ने विरोधपुर्ण एसिया प्यासिफक समिटलाई सरकारले २ करोड रकम बिनियोजन गरेकोमा नागरिक मन्चले विरोध गरेको छ । माइतीघर मण्डलामा प्रदर्शन गर्दै सरकारले धर्म प्रचारक संस्थाका रुपमा विवादीत संस्था युनिभर्सल पीस फेडेरेसनको मुख्य आयोजनामा हुन लागेको कार्यक्रमका लागि बजेट दिनु आपतिजनक भएको मञ्चले जनाएको छ ।

जनताको करबाट संकलित राज्यकोषको दुरुपयोग गर्दै आयएनजीओको कार्यक्रममा दिइएको रकम तत्काल फिर्ता गर्न पनि नागरिक मञ्चले माग गरेको छ ।

बैदेशिक हस्तक्षेप बढेको, सरकारले विवादास्पद आइएनजीओको कार्यक्रममा सघाएको र सो कार्यक्रमको लागि २ करोड विनियोजन भएकोमा आपत्ती जनाएको हो । विकास निर्माणका काममा भन्दा सरकार आफ्नो विज्ञापन गर्न लागेको र धर्म प्रचारमा सरकारको संलग्नता रहनु धर्म निरपेक्षको ठाडो दुरुपयोग भएको नागरिक मन्चका संयोजक राजु सुनारले बताउनुभयो । देशमा बैदेशिक चलखेल बढेको भन्दै आफूहरु विरोधमा उत्रिएको प्रदर्शनकारिहरुले बताए।

WRITE COMMENTS FOR THIS ARTICLE