लौ मिल्यो त ? पानी पर्छ भनेको त सही मिलाइए छ
काठमाडौँ-पश्चिमी वायुको प्रभावले केहि दिन देशभरि नै प्रभाव पर्ने मौसम पुर्वानुमान महाशाखाको अनुमान ठ्याक्कै मेल खाएको छ । गत बुधबार बेलुका मैले एक जना मौसम विद संग फोन सम्वाद गरेँ । उहाँले भन्नु भएको थियो, “भोली देखी देशभरि नै मौसममा परिवर्तन आउने छ” । उहाँको यो भनाइ मलाई कता कता छेपाराको उखान जस्तै लागिरहेको थियो । मैले ठट्टैमा उहाँलाई भनेको थिएँ “मलाई त उल्लु नबनाउनुस न हजुर” । उहाँले मलाई अलि नमिठो मान्दै भन्नु भएको थियो, “होइन तपाईहरु मौसम विभागले गरेको अनुमान किन पत्याउनु हश्चिमी वायुको प्रभाव पर्ने देखीएको छ । देशभरि नै बदली हुने र तराइ र मध्य महाडी भागमा पानी पर्ने छ र उच्च पहाडी तथा हिमाली भागमा हिमपान हुने छ । सजक रहनुहोला अरु केभन्नु पत्याए पत्याउनुहोस नपत्याए नपत्याउनुहोस । म अबको तिन दिन सम्माको मौसमको जानकारि पठाउछु हेर्नुहोला” । भन्दै उहाँले मेरो फेसबुक म्यासेजमा एउटा वर्ड फाईल पठाउनु भयो । मलाई पत्यार नि लागेन र त्यो फाइल मैले खोलेर पनि हेरिन । तर आज विहानका मौसमको प्रभावले त्यो फाइल खोलेर हेर्न बाध्य भएँ ।
हेर्नुस उहाले पठाएको त्यो फाइलमा के थियो । जस्ताको त्यस्तै ।
पश्चिमि वायुको प्रभावले अबको केहि दिन देशभरि नै प्रभाव पर्ने र अधिकांश स्थानहरुमा हल्का देखी मध्ययम हिमपातर वर्षाको संभावना रहेको छ। भोलि केहि स्थानहरुमा भारी वर्षार हिमपात हुने संभावना समेत रहेको छ । नेपालमा यो प्रणालीको प्रभाव हिजो देखि देखिएको हो । उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपात र १÷२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएको हुँदा उच्च सतर्कता अपनाउन आवश्यक देखिन्छ ।
आगामी ३ दिनको मौसमीको विवारण
माघ २३ गते (बुधबार)
दिउँसो : देशका पश्चिमि भू–भागमा पूर्ण बदली, मध्य भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने संम्भाबना छ । पश्चिमि भू–भागका थोरै स्थानमा हल्का बर्षा र पश्चिमि र मध्यका उच्च हिमाली भेगमा हल्का हिमपातको पनि संम्भावना रहेको छ ।
राति : देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र मध्यका थोरै स्थानहरुमा हल्का बर्षा सम्भावना रहेको छ । साथै पश्चिमी तथा मध्य उच्च पहाडी र हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको पनि संम्भावना रहेको छ ।
माघ २४ गते (बिहिबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र देशको पश्चिमि साथै मध्य भु–भागको १/२ स्थानमा भारी वर्षा समेत हुने सम्भावना देखिन्छ, देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ ।
राति : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिन्छ, देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको छ ।
माघ २५ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ, देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको १/२ स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ ।
राति : देशभर सामान्य बदली रहने देखिन्छ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ, देशको उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ ।
अनि आज मैले उहाँलाई फेरी फोन गरेर भने हो त, ठ्याक्कै मिलाउनु भएछ त ? अनि उहाँले भन्नु भयो मैले मिलाएको होइन, हाम्रो उपकरणहरुले हामिलाई दिएको जानकारि मैले भनेको हुँ, तर त्यो सबैले हामी व्यक्तिले नै अनुमान गरे झै गर्छन् । कहिले काँहि ब्रामण्डमा हुने परिवर्तन यति छिटो हुन्छ की हामीलाई प्राप्त भएको जानकारि पनि झुटो सावित भइदिन्छ । त्यो निकै कम मात्र हुन्छ । त्यसैले हामीले गर्ने अनुमान हाम्रो अनुमान होइन । स्याटलाइट मार्फत देशका बिभिन्न स्थानमा रहेका हाम्रा र्याडरहरुले दिएका जानकारिका आधारमा गरिएको अनुमान हो । अनि मैले उहाँलाई धन्यबाद दिएर फोन राखेँ ।
भुपेन्द्र बहादुर भण्डारी
काठमाडौँ
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE