नमोबुद्ध परिसरभित्र अत्याधुनिक मेडिकल ल्याव सञ्चालनमा
सवाल सम्वाददाता
बाग्मती –काभ्रेको नमोबुद्ध परिसरमा रहेको रहेको ठ्राङ्गु फेन्दे क्लिनिकले अत्याधुनिक मेडिकल ल्याब सञ्चालनमा आएको छ । ल्याबलाई नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा र नमोबुद्ध ध्यान तथा शिक्षण केन्द्रका अध्यक्ष छेयोजे लामा वाङ्चुक तोक्देनले संयुक्त उद्घाटन गर्नुभएको छ । क्लिनिकका प्रमुख वाङ्चुक राप्तेन लामाले ल्याब स्थापनापश्चात सेवालाई अझ प्रभावकारी बनाउन हौसला पुगेको बताउनु भयो ।

क्लिनिकमा स्थानीय देखी काठमाडौ सम्मका मानिस उपचारकालागि अआउने गरेका छन् । उद्घाटन समारोहमा बोल्दै नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्माले संस्थाले पुर्याएको सेवाबाट प्रभावित भएको बताउनु भयो । उहाँले संचालनमा आएको छोटो अवधिमा नै १७ लाखलाई सेवाप्रदान गरिसकेको भन्ने सुन्दा आफुलाई यसले जनताको सेवामा लागि पर्न उर्जा थपिएको बताउनु भायो ।
हाल यो क्निक हप्तामा तीन दिन मात्र खुल्छ । यसलाई २४ घण्टा नै सेवा सुचारु गर्न सके अझ प्रभावकारी हुने नमोबुद्ध ध्यान तथा शिक्षण केन्द्रका अध्यक्ष छ्योजे लामा वाङ्चुक तोक्देनले बताउनु भयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE