पाँचथरमा युवतीको घाँटी रेटिएको अवस्थामा शव फेला
मेची – पाँचथरमा युवतीको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । हिलहाङ गाउँपालिकामा घाँटी रेटेर एक युवतीको हत्या भएको हो । आइतबार बेलुकी वडा नम्बर ४ पञ्चमीकी १५ वर्षीया शीतल योङहाङको हत्या भएको जिल्लन प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
शीतलको शव घाँटी रेटिएको अवस्थामा सडकमुनि फेला परेको प्रहरीले जानकारी दिए। दिउँसो साढे ४ बजे घरबाट निस्केकी उनको हत्या गरिएको अवस्था शव बेलुकी ७ बजे स्थानीयले देखिपछि प्रहरीलाई खबर गरेका थिए। हत्या कसले र किन गर्यो भन्ने खुलेको छैन।
हत्या भएको स्थानबाट एउटा मोबाइल फेला परेको र अनुसन्धान भइरहेको प्रहरी प्रहरीले बताएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE