आज ५ बजे मन्त्रिपरिषद् बैठक, साढे ५ बजे प्रधानमन्त्रीको संबोधन
काठमाडौँ-आज (सोमबार) साँझ ५ बजे मन्त्रिपरिषद्को बठक बैठक बस्नेभएको छ । बैठक लगत्तै साढे ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा संबोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । संवोधनको नेपाल टेलिभिनबाट प्रत्यक्ष प्रसारण गरिने छ ।
कोरोना महामारीका कारण सिर्जित संकट, दुई महिनादेखि जारी देशव्यापी लकडाउन लगायत विषयबारे प्रधानमन्त्रीले संबोधन गर्नुहुने जनाइएको छ । जेठ २० गतेपछि लकडाउन खुकुलो पार्ने तयारी भइरहेको भनी स्वास्थ्य मन्त्री र अन्य अधिकारीहरुको भनाई आइरहेका बेला प्रधानमन्त्रीले संबोधन गर्न लाग्नु भएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE