देशभर एकैदिन थपिए १ हजार ४ सय ५४ संक्रमित थपिए
२६ भाद्र
काठमाडौं – मुलुकमा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४ सय ५४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५१ हजार ५ सय १९ पुगेको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ को झापामा १४ जना, मोरङमा ४७ जना, संखुवासभामा १२ जना, सुनसरीमा ४४ जनामा संक्रमण देखिएको छ । त्यस्तै प्रदेश २ को धनुषामा २ जना, पर्सामा ३ जना, बारामा २ जना, महोत्तरीमा २ जना, रौतहटमा ६ जना, सप्तरीमा ४ जना, सर्लाहीमा ७ जना र सिरहामा ४२ जनामा संक्रमण देखिएको छ ।
यता, वागमती प्रदेशको काठमाडौँमा ६२० जना, काभ्रेमा ११ जना, चितवनमा ७४ जना, धादिङमा १ जना, नुवाकोटमा ३ जना, भक्तपुरमा ३८ जना, मकवानपुरमा ५४ जना, रामेछापमा १ जना, ललितपुरमा ३८ जना, सिन्धुपाल्चोकमा २ जना र सिन्धुलीमा २ जनामा भाइरस देखिएको छ ।
त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा ११ जना, गोरखामा ६ जना, तनहुँमा ८ जना, नवलपरासी पूर्वमा ३८ जना, पर्वतमा २ जना र लमजुङमा ६ जना र स्याङ्जामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।
यता, प्रदेश ५ को कपिलबस्तुमा २८ जना, गुल्मीमा २० जना, दाङमा ५ जना, नवलपरासीमा ३५ जना, पाल्पामा १२ जना, प्युठानमा १३ जना, बर्दियामा १ जना, बाँकेमा १८ जना, रुकुम पूर्वमा ११ जना, रुपन्देहीमा १०२ र रोल्पामा ३ जनामा भाइरस देखिएको छ ।
त्यस्तै कर्णाली प्रदेशको जुम्लामा १ जना र सुर्खेतमा २६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २ जना, कैलालीमा ६७ जना र डोटीमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE