रौतहटमा बाघको आक्रमणबाट एकको मृत्यु, दुई घाइते
१४ असोज
रौतहट – बाघको आक्रमणबाट रौतहटमा एकजनाको मृत्यु भएको छ भने अर्का दुईजना घाइते भएका छन् । मृत्युहुनेमा चन्द्रपुर नगरपालिका वडानम्बर ६ बस्ने २४ वर्षीय संगम भण्डारी रहेका छन् ।

मंगलबार बिहान ८ बजेतिर सोही स्थानमा बस्ने मृतक संगम भण्डारी, हरि खड्का, गुन्जेश्वर राना र सुदिप थापाको समुह रंगपुर साझेदारी वनमा घाँस काट्न गएकोमा २४ वर्षीय संगम भण्डारी लामो समयसम्म जंगलमा हराएपछि नभेटिएपछि उनीहरु गाउँलेहरुलाई खबर गरेका थिए ।
हराएका भण्डारीलाई खोज्न भनेर मंगलबार राति वनमा गएका युवाहरुको समुहलाई पनि बाघले आक्रमण गर्दा दुई युवा घाइते भएका थिए । घाइते हुनेहरुमा ३२ वर्षीय नविन श्रेष्ठ र २८ वर्षीय अशोक थापा रहेका छन् ।
उनीहरुको स्थानीय चन्द्रपुर अस्पतालमा प्राथामिक उपचार पश्चात थप उपचारको लागि बाराको कलैया लगिएको छ । उनीहरुको हात, पाखुरा, छाती, पेट तथा ढाडमा चोट लागेको छ ।

हराएका भण्डारीको नेपाल प्रहरी , शसस्त्र प्रहरी, वन रक्षक तथा स्थानियको टोली पुगेर खोजतलाश तुरतुरे धारा आसपास खोजी गर्दा भण्डारीको शव घटनास्थलबाट केही टाढा झाडीमा कम्मर तलको भाग खाइसकेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा प्रमुख प्रहरी उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE