डा. गोविन्द केसीको अनसन २८ औँ दिनमा तोडियो
२५ असोज
काठमाडौं – सरकारसँग ८ बुँदे सहमति भएपछि अनसनरत डा। गोविन्द केसीले अनसन तोड्नुभएको छ । शनिबार मध्यरातमा डा केसी र सरकारबीच सहमति-पत्रमा हस्ताक्षर भएको थियो । सहमतिअनुसार डा केसीले २८ दिनपछि आज बिहान १० बजेतिर अनसन तोड्नुभएको हो ।
डा. केसीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एक पत्रकार सम्मेलन गर्दै अस्पतालमा कार्यरत ४६ वर्षीय विकास नेपालीका हातबाट जुस खाएर अनसन तोड्नुभएको हो । विकास नेपाली सफाइ कर्मचारीका रूपमा कार्यरत हुनुहुन्छ । अनसन तोडिए पनि उहाँको स्वास्थ्य अवस्था कमजोर रहेकाले लगत्तै डा केसीलाई आइसियुमा लगिएको थियो ।

विगतमा पनि पटकपटक डा केसी र सरकारबीच भएका सहमति कार्यान्वयन गर्ने सहमति यसपटक भएको छ । यसका साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने, यसैगरी विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने लगायत सहमति भएपछि डा केसी अनसन तोड्न सहमत हुनुभएको थियो ।
शनिबारको सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा।केसीले हस्ताक्षर गर्नुभएको थियो । बुधबार सरकारद्वारा गठित वार्ताटोलीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव मैनालीसहित स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा हुनुहुन्थ्यो भने डाक्टर केसीका तर्फबाट डाक्टर जीवन क्षेत्री र अधिवक्ता ओमप्रकाश अर्यालसहित चार जना सहभागी हुनुहुन्थ्यो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE