Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

लोक सेवा आयोगलाई सर्वोच्चको निर्देशन ‘संक्रमितहरुलाई परीक्षा दिनबाट बञ्चित नगर्नु’

२९ असोज
काठमाडौं – कोरोना संक्रमितहरुलाई परीक्षा दिनबाट बञ्चित नगर्न सर्बोच्च अदालतले लोक सेवा आयोगलाई आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले विहीबार ९आज० संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र परीक्षामा सामेल हुन नपाउने भनी लोक सेवा आयोगले बनाएको मापदण्डलाई कार्यान्वयन नगर्न आदेश दिएको हो ।

यसका साथै सम्पूर्ण परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन समेत आदेश दिएको बताइएको छ ।

त्यसोत, आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै कोभिड(१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE