भजन गायन संगै फेन्सी कलेक्सनका साहुजी बने कृष्ण भण्डारी
- मनिष बराल
काठमाडौँ, २९ असोज । भजन गायक कृष्ण भण्डारीले काँकडभिट्टा रोडको सिटिसेन्टरमा ९डिका फेन्सी कलेक्सनको शभारम्भ गर्नुभएको छ । कोरोना महामारीका बिच गायक भण्डारीले कलेक्सन सञ्चालनमा ल्याउनु भएको हो ।
पछिल्लो समय नेपाली बजार व्यापारमा मात्र नभएर अहिले हरेक क्षेत्रमा तीब्र प्रतिस्पर्धा रहेकै बेला भण्डारीले व्यवसायमा समेत हात हाल्नुभएको हो ।

गायक भण्डारीले आज दिन बिशेष पुजा आजा गरी आफ्नी दुई छोरी आरोग्य भण्डारी र एन्जिना भन्डारीकोको हातबाट डिका फेन्सी कलेक्सन नामको कपडा पसल सुरुवात गर्नुभएको छ ।
सम्पुर्ण क्षेत्रमा कोरोनाले बाधा पुर्याउदा आफू सो व्यवसायमा हात बढाउन बाध्य भएको उहाँले बताउनुभयो । दर्जनौँ भजनहरु दर्शक श्रोतामाझ प्रस्तुत गरिसकेका उनी भजनका क्षेत्रमा राजगरिसक्नुभएको छ । कहिलेकाही मान्छेलाई हिरो हुँदाहुँदै जिरोमा पनि झर्ने परिस्थिति आउने रहछ, उहाँले भन्नुभयो ।
कोरोनाले दैनिक जीवनमा समेत ठुलो धक्का दिएको बताउदैँ उहाँले यसले मानिसलाई आत्मनिर्भर बन्नु पर्छ भन्ने ठूलो पाठ सिकाएको बताउनुभयो । सरल स्वभावका भण्डारी हरेककार्य लाई जिवनमा सजिलै अंगालेर अगाढी बढ्नुपर्ने र कुनै पनि काम सानो ठूलो नहुने बताउनुहुन्छ ।

काँकडभिट्टा रोडस्थित सिटिसेन्टरमा रहेको ९डिका फेन्सी कलेक्सन० बाट ग्राहकहरुलाई सेवा तथा सन्तुष्टि दिन सक्नेमा उहाँ विस्वस्थ हुनुहुन्छ ।
भण्डारीले यो कोरोना माहामारीको बेलामा सबैलाई आफ्नो स्थानबाट सचेत भएर सामाजिक दुरी कायम गर्दै सेनिटाईजरको प्रयोग गरी आफु सुरक्षित भैइ अरुलाई पनि सुरक्षित रहन आग्रह समेत गर्नुभएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE