यसपालि दशैँको टीका किन कात्तिकमा ? (भिडियो)
३० असोज
काठमाडौँ – भदौमा पितृपक्ष अर्थात् सोह्रश्राद्ध सकिएलगत्तै असोजमा घटस्थापना, अनि त्यसको दशौँ दिनमा विजयादशमी । दशैँबारे सोच्नेबित्तिकै धेरैको मनमा आउने कुरा यही हो। तर यसपालि ? ‘अँ, सोह्रश्राद्ध सकिएको धेरै भइसक्यो तर अझै दशैँ आएको छैन’ तपाईँलाई यस्तै लाग्दो हो।
हो, यसपालि पोहोरभन्दा दशैँ ढिलो छ। सरकारले छापेको भित्तेपात्रो र प्रचलनमा रहेका अधिकांश पञ्चाङ्गमा पोहोर असोज २१ गते दशैँको टीका थियो, यसपालि कात्तिक १ गते घटस्थापना र कात्तिक १० गते टीका परेका छन्। तिहार त झन् मंसिरमा पुगेको छ।
त्यसको कारण होसोह्रश्राद्ध र दशैँको बीचमा अधिकमासु पर्नु । नेपालमा अधिकांश सांस्कृतिक र धार्मिक पर्वहरू तिथिका आधारमा मनाइने भएकाले यसपालि दशैँ र तिहार एक महिना पछाडि सरेका हुन्।
अधिकमास के हो ?
अधिकमासलाई मलमास वा पुरुषोत्तम महिना पनि भन्छन्। अधिकमास परेका वर्ष प्रायस् भदौ महिनामा सोह्रश्राद्ध र कात्तिकमा दशैँ मनाइने गर्छ। त्यसको कारणबारे अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अध्यक्षसमेत रहेका प्राध्यापक डा। माधव भट्टराई भन्छन्, ‘हाम्रो पञ्चाङ्गमा चन्द्रमान र सौर्यमान दुवै अनुसार गणना गरिन्छ। चन्द्रमानका आधारमा तिथिको चलन छ, सूर्यमान अनुसार गतेको।’
यी दुईटा विधिअनुसार गरिने गणनामा हरेक वर्षका दिनहरू कम र बढी हुन्छन्। ती दिनहरू तीन वर्षमा जोडिएर एक महिना पुग्छ। त्यसलाई मिलाउनका लागि अधिकमास वा क्षयमास राख्नुपर्ने हुन्छ।
ज्योतिषशास्त्रीहरूका भनाइमा सूर्यमानअनुसार एक वर्षमा ३६५ दिन १५ घडी र ३१ पला हुन्छ।चन्द्रमानअनुसार भने एक वर्षमा ३५४ दिन २२ घडी र १ पला हुन्छ। त्यस आधारमा सूर्यमान तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी ३० पला फरक पर्छ।
त्यसलाई अर्को भाषामा भन्दा वर्षमा लगभग ११ दिन अन्तर आउँछ। त्यसलाई हिसाब गर्दा तीन वर्षमा लगभग ३३ दिनको अन्तर पर्छ।
त्यसलाई मिलाउँदा हरेक तीन वर्षमा अधिक वा क्षयमास पर्न जाने प्रा. भट्टराई बताउँछन्।
अधिकमासबारे किन विवाद ?
अधिकमास गणनाबारे ज्योतिषविद्बीच विवाद देखिने गरेको छ। विशेषगरी दृग्गणितवादी भनेर चिनिएका ज्योतिषीहरूले विभिन्न काल र समयको गणना सूर्यमानअनुसार मात्र गर्नुपर्ने भन्ने मान्यता राख्दै आएका छन्। पूर्वीय पञ्चाङ्ग चलाउने समुदायका यो दृष्टिकोण राख्ने ज्योतिषहरूले लामै समयदेखि हाल चलनचल्तीमा रहेको पञ्चाङ्गको विरोध गर्दै आएको जानकारहरूको भनाइ छ। विसं २०२० सालमा पनि त्यस्तै विवाद भएको ज्योतिषका ज्ञाता बताउछन् । संशोधन मण्डलले नै प्रकाशित गर्ने पूर्णिमाको २५ पूर्णाङ्कमा त्यस वर्ष पञ्चाङ्ग विवेचक समिति र दृग्गणितवादीबीच विवाद भएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE