Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

नेकपा नेता जनार्दन शर्मा पनि कोरोना संक्रमित

९ कात्तिक
काठमाडौँ
– पछिल्लो समय विभिन्न उच्च तहका नेता, मन्त्री, मुख्यमन्त्री लगायतहरूमा कोरोना संक्रमण बढ्दो छ । यसैबीच नेकपा नेता एवं पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नेता शर्माले आफूलाई कोरोना संक्रमण भएको भन्दै पछिल्लो समय सम्पर्कमा रहेकाहरूलाइ सावधानी अपनाउन भन्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उहाँले भन्नुभएको छ, ‘कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी गराउदछु। केही दिनयता मसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु।’

WRITE COMMENTS FOR THIS ARTICLE