भीरबाट लडेर वडासदस्यको मृत्यु
९ असार, काठमाडौँ – भीरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ की वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा निधन भएको छ।
भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन्।
घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताइन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE