‘सुरक्षा खतरा’ रहेको भन्दै धुम्बाराही जान मानेनन् ओली
१६ मंसिर
काठमाडौं – सुरक्षा खतरा रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय धुम्बाराही जान अस्वीकार गर्नुभएको छ । नेकपा अध्यक्ष समेत रहनुभएका ओलीले पार्टी कार्यालय जान अस्वीकार गरेपछि आजको नेकपा सचिवालयको बैठक बालुवाटारमै सारिएको छ ।
गत शनिबार बालुवाटारमै बसेको बैठकले मंगलबार सचिवालय बैठकले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको थियो । तर अन्तिम समयमा आएर सुरक्षा थ्रेड देखाउँदै चिवालय बैठकले बालुवाटारमै सारिएकोल हो ।
आफ्नै पार्टी कार्यालयमा जाँदा कस्तो खालको सुरक्षा खतरा थियो भन्नेबारेमा स्पष्ट रुपमा खुलाइएको भने छैन । बैठकको समय भने दिउँसो १ बजेकै लागि यथावत छ ।
सुरक्षा निकायहरुले धुम्बाराहीस्थित पार्टी कार्यालय सुरक्षाको जोखिम रहेको सूचना दिएको भन्दै प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलमार्फत कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष जानकारी पठाउनुभएको एक सचिवालय सदस्य जानकारी दिए ।
कात्तिक २८ गते अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १९ पृष्ठको प्रस्ताव पेश गर्नुभएको थियो । अध्यक्ष केपी शर्मा ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको जवाफ पेश गर्नुभएको थियो । आज बस्ने सचिवालय बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE