Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026

बाइडेनले राष्ट्रपतीय निर्वाचनमा अमेरिकी इतिहासकै रेकर्ड ब्रेक गर्ने

२० कात्तिक
एजेन्सी – बाइडेनले हाल सम्मकै सर्वाधिक मत प्राप्त गरेरर राष्ट्रपतिको निर्वाचन जित्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘अलजाजीरा’का अनुसार बाइडेनले बाराक ओबामाको रकर्ड समेत तोडेका छन् ।

संयुक्त राज्य अमेरिकामा मतदान समाप्त भएसँगै सबैको आँखा ह्वाइट हाउसको लागि प्रतिस्पर्धा तय गर्न मिशिगन, पेन्सल्भेनिया, जर्जिया र उत्तर क्यारोलिनाका प्रमुख राज्यहरूको मतको परिणालाई हेरिरहेका छन्, अहिले गणना भइरहेको छ ।

बाइडेनले आफ्न समर्थकहरूलाई सम्बोधन गर्दै निर्वाचन लगभग आफूले जितेसकेको विश्वास व्यक्त गरेकाछन् । यता ट्रम्पले मत गणना सकिनु भन्दा पहिले नै जीतको दावी गरेको र निर्वाचनमा धादली गरेको आरोप लागएका छन् ।

जो बाइडेनले मिशिगनको राज्य र यसका १६ चुनावी मतहरू जित्ने अनुमान गरेका छन् र उनले विजय प्रप्त गर्न ६ मत ल्याउनु पर्ने छ । बाइडेनले सन् १९८८ देखि राष्ट्रपति पदको निर्वाचनमा डेमोक्र्याटलाई मात्र मतदान गर्ने मिशिगनलाई पुनः आफ्नो पोल्टामा पार्ने दाबीगरेका छन् । सन् २०१६ मा डोनाल्ड ट्रम्पले त्यहाँ हिलारी क्लिन्टनलाई १० हजार ७ सय ४ मतले हराएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE