Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

चुनाव जित्ने बाइडेनको दाबी : पुनः मतगणना गर्न ट्रम्पको माग

२० कात्तिक 
एजेन्सी अमेरिकी राष्ट्रपति चुनावी दौडमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले आफ्नो जित निश्चित भएको बताएका छन् ।  निर्णायक राज्य विस्कन्सिन र मिसिगनमा विजयी भएसँगै ७८ वर्षीय बाइडेनले आफ्नो जित निश्चित भएको बताएका हुन् । उनले आफ्नो जित निश्चित भएको दाबी गरेका हुन् ।

बाइडेनले कुल ५३८ इलेक्टोलर सिटमध्ये २५३ सिटमा जित निश्चित गरेका छन् । अमेरिकामा राष्ट्रपति बन्नका निम्ति २७० सिट आवश्यक पर्छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म २१३ सिटमा जित निश्चित गरेका छन् । राष्ट्रपति निर्वाचनको परिणाम अनुसार अब निर्णायक मानिएको पेन्सेल्भेनिया राज्यमा बाइडेनले मतान्तर कम गर्दै लगेका छन् ।  जर्जिया, नर्थ क्यारोलाइना र अलास्कामा ट्रम्प  अग्रस्थानमा छन् भने एरिजोना र नेभाडामा बाइडेन अगाडि छन्।

बाइडेनले चुनाव जित्ने दाबी गर्दै गर्दा ट्रम्पले भने मतगणनामा डेमोक्र्याटिक पक्षले झुक्याएको आरोप लगाएका छन् । उनले डेमोक्र्याटिक पक्षले झुक्याएको भन्दै पुनः मतगणनाको माग गरेका हुन् ।

ट्रम्पले आफू पराजित भएको मिसिगनमा हुलाकमा मतगणना स्थगित गरेर छानबिन गर्न माग गरेका हुन् ।

अहिलेसम्मकै सर्वाधिक मतदान भएको अमेरिकी चुनावको परिणाम सार्वजनिक हुन समय लागेको छ । अहिलेसम्म राष्ट्रपतिको लागि भएको मतदानमा डोनाल्ड ट्रम्प र जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

अमेरिकामा यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गरेका थिए । मतदान सकिएपछि गरिएको एउटा सर्वेक्षणले देशभर प्रत्येक १० मध्ये चार जनाले सरकारले कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरेको प्रतिकार्यप्रति असन्तुष्टि व्यक्त गरेको देखिन्छ ।

अहिलेसम्मको नतिजाले जो बाइडेनले केही अग्रता लिएको देखिन्छ । कडा प्रतिस्पर्धा हुने विभिन्न ’ब्याटलग्राउन्ड स्टेट’ को परिणामले राष्ट्रपति पदको छिनोफानो गर्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE