तातो तेल जिउमा खन्याएर श्रीमतीको ज्यान लिन खोज्ने श्रीमान पक्राउ
२१ कात्तिक
काठमाडौँ– नीलकण्ठ नगरपालिका ११ को ज्यामरुङकी २० वर्षीया पूजा परियारलाई तातो तेल जिउमा खन्याएर ज्यान लिन खोजेको आरोपमा उनका श्रीमान् २४ वर्षीय अश्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
घरमा बसिरहेकी श्रीमतीलाई तेल तताएर शरीरमा खन्याएपछि पूजा घाइते हुनुुभएको छ । तातो तेलले पोलेर उहाँको टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेको छ ।
घाइतेको कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र आरोपितलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE