Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

अन्तत: प्रधानमन्त्री ओलीले बोलाए नेकपा सचिवालय बैठक

२७ कात्तिक
काठमाडौं –
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउनुभएको छ ।

शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको हो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिनुभएको थियो ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा सचिवालय बैठक बोलाउन माग बढ्दै गएको थियो । गत शनिबार सचिवालयका बहुमत सदस्यहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम तथा नारायणकाजी श्रेष्ठले लिखित पत्र बुझाएर ओलीलाई बैठकका लागि सहमति दिन आग्रह गरेका थिए ।

बहुमत सचिवालय सदस्यले अनौपचारिक बैठक भने बस्दै आएका थिए । उनीहरुले अब पनि औपचारिक बैठक नबसालिएर आफूहरुले नै औपचारिक बैठक बोलाएर अघि बढ्ने तयारी गरेपछि ओली बैठकका लागि सहमत भएका हुन् ।

अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० सहित पाँच सचिवालय सदस्यले कात्तिक २३ गते र गत मंगलबार पनि तत्काल सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE