Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

प्रतिनिधिसभाको पुर्नस्थापना कल्पना पनि नगरेहुन्छ : प्रधानमन्त्री ओली

१५ पुष
काठमाडौं-
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना हुन नसक्ने प्रष्ट पार्नु भएको छ । आफू पक्षका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेलामा प्रधानमन्त्री ओलीले संविधान अनुसार नै प्रतिनिधिसभा विघटन भएकाले पुनस्र्थापना नहुने बताउनुभयो ।

उहाँले आफू बहुमतको दलको नेता भएका कारण सिफारिस गरेको भन्दै संविधान अनुसार नै राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको बताउनुभयो । यस्तो अवस्थामा अब पुनस्र्थापना गर्न नमिल्ने समेत तर्क गर्नुभयो ।

उहाँले दाहाल र नेपाल पक्षले आफूलाई जनताको भावना अनुसार काम गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ अनुसार ६४ प्रतिशत बहुमत भएको दलका नेताको सिफारिसमा प्रतिनिधिसभा विघटन भएकाले यसको पुनस्र्थापनाको कल्पना गर्न नसकिने दाबी गर्नुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE