Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

मकवानपुरमा अज्ञात समूहद्वारा गाडीमा आगजनी

१० माघ
हेटौँडा –
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ४ मा अज्ञात समूहले गाडीमा आगजनी गरेको छ । हेटौँडाबाट काठमाडौँका लागि छुटेको बा १३ च ७९६९ नम्बरको गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बिहान २ बजेतिर १० जनाको समूहमा आएकाहरुले चालकलाई गाडीबाट ओरालेर गाडीमा आगो लगाएका हुन् ।
आगजनी गर्ने अज्ञात समूह नेकपा विप्लव समूहका कार्यकर्ता रहेको आशंका गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE