Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गर्दै राजधानीमा प्रदर्शन

काठमाडौँ– राजसंस्था र हिन्दुराष्ट्र नेपाल पुनर्स्थापनाको माग गर्दै आज काठमाडौँमा प्रदर्शन भएको छ ।

‘राजा आऊ देश बचाऊ’ भन्दै माइतीघरमा जनताको पार्टी नेपालको नेतृत्वमा प्रर्दशन भएको हो ।

देशलाई सङ्क्रमणकालीन अवस्थाबाट मुक्त गर्न पनि राजाको आवश्यकता देखिएको भन्दै प्रदर्शनकारीहरु नेपालको झण्डासहित प्रदर्शनमा उत्रेका थिए ।

नेपाल आफूहरूको पुर्खा राजाले आर्जेको देश भएको र अहिलेका नेताहरूले देश र जनतालाई झुक्याउने मात्रै काम गरेको भन्दै राजसंस्थाको विकल्प नभएको उनीहरुको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE