Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

गोरखामा राति सुतेका एकै परिवारका तीनजना मृत भेटिए

१० फगुन

काठमाडौं  – गोरखामा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार बारपाक सुलिकोट गाउँपालिका १, बारपाकमा तीनजना मृत फेला परेका हुन् ।

 

गण्डकी प्रदेश प्रहरी कार्यालयका डीएसपी राजकुमार थिङका अनुसार मृत फेला पर्नेमा ८४ वर्षीय डिलबहादुर गुरुङ, २१ वर्षीया आइतकुमारी गुरुङ र १४ वर्षीया उषा गुरुङ छन् । गएराति सुतेका उनीहरु बिहान मृत अबस्थामा भेटिएका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE