Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

प्रचण्ड–नेपाल पक्षतिर लागे ओली निकट केन्द्रीय सदस्य

१६ फागुन
काठमाडौं –
नेकपा ओली समूह छाडेर ताज मोहम्मद मियाँ प्रचण्ड–नेपाल पक्षमा लागेका छन् ।  नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाई सरकार हुँदाहुँदै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको भन्दै ओली समूहका केन्द्रीय सदस्य मियाँ प्रचण्ड–नेपाल पक्षमा प्रवेश गर्नु भएको छ । उनलाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपामा स्वागत गर्नु भएको हो ।  मिया हज कमिटीका पूर्व अध्यक्ष पनि हुन् ।

मियाँले आइतबार एक विज्ञप्ति जारी गर्दै नेकपाको प्रचण्ड–नेपाल समूहमा फर्किनुका कारण खुलाउनु भएको छ । उहाँले भन्नु भएको छ ‘नेकपाको विधान विपरित पार्टीको अल्पमत पक्षले नियुक्त गरेको केन्द्रीय समिति सदस्य पद आजैका दिनबाट परित्याग गरी कम्युनिस्ट आन्दोलनको एकता,संविधानको कार्यन्वयन र जनताको सम्मृद्धिको आकांक्षालाई विधिसम्मत रुपमा पुरा गर्ने युगिन जिम्मेवारी पुरा गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गर्नुभएको नेकपाको मूलधारमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने घोषणा गर्दछु ।’

WRITE COMMENTS FOR THIS ARTICLE