दोभान बजारमा आगलागी : ४० घर जलेर नष्ट
१८ फागुन
ताप्लेजुङ – ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ४० घर जलेर पूरै नष्ट भएको छ । मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा अहिले पनि आगलागी भइरहेको छ।
बिहान ९ बजे भोला पौडेलका घरबाट विद्युत् सर्ट आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिनु भएको छ । ४० घरमा रहेका करिब ८० वटा पसल जलेका छन्। उहाँले फुङलिङ नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको बताउनु भयो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE