श्रमिक महिला दिवसमा नेकपाको तर्फबाट प्रचण्डले दिए शुभकामना
२४ फागुन
काठमाडौँ – पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षका हैसियतले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिनु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी ऋषिराम कट्टेलको पार्टी हो भनि सर्वोच्च अदालतले गरेको फैसलाको भोलिपल्ट अध्यक्ष प्रचण्डले नेकपाको अध्यक्षको हैसियतमा शुभकामना दिनु भएको हो । सर्वोच्च अदालतले निर्णय गरेपछि अब नेकपा रहेन माओवादी केन्द्र र एमाले छुट्टा छुट्टै पार्टी भनिएका बेला प्रचण्डबाट नेकपाकै नामबाट शुभकामना आएको हो ।
मानव जातिको पूर्ण मुक्ति हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि महिला हिंसाको अन्त्यले मात्र नहुने र समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त रहेको उहाँले उल्लेख गर्नु भएको छ । जनयुद्ध, जनआन्दोलन लगायत विभिन्न राजनीतिक तथा समाजिक क्रान्तिहरूमा महिलाहरुको साहस र त्यागले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्र आएको पनि उहाँले उल्लेख गर्नु भएको छ ।
पछिल्लो चरणमा महिला, जनजाति, आदिवासी, दलितलगायत उत्पीडित र उपेक्षित समुदायका प्रतिनिधिमाथि सरकारबाट भएको आक्रमण र दुर्व्यवहारले संघर्षबाट प्राप्त जनताको अधिकार गुम्ने खतरा पैदा भएको उहाँले बताउनु भयो ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE