Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सत्तारूढ नेकपा भंग भएपछि आज मन्त्रिपरिषद् बैठक बस्दै

२५ फागुन
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार (आज) अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ ।

सर्वोच्च अदालतले नेकपाको एकीकरण अमान्य हुने फैसला गरेपछि पहिलोपटक प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । सत्तारुढ दल नेकपा दल नै नरहेपछि पूर्ववत् रुपमा साविकको नेकपा एमालेको अध्यक्ष एवं सोही दलबाट प्रधानमन्त्री रहेको नाताले ओलीले पहिलो मन्त्रिपरिषद बैठक डाक्नुभएको हो ।

यसपटकको मन्त्रिपरिषद् बैठकलाई चासोका साथ हेरिएको छ । सरकारका नियमित एजेन्डाबारे छलफल हुने स्रोतले जनाए पनि अन्य विषयबारे भने खुलाइएको छैन ।

ब्युँतिएको नेकपा माओवादी केन्द्रका नेताहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहे पनि यसबारे औपचारिक निर्णय भने भइसकेको छैन । हाल गृहमन्त्री रामबहादुर थापासहित केही मन्त्रीहरु पूर्व माओवादी केन्द्रबाटै सरकारमा छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE