२६ वर्षया एन्ड्रिया बनिन् मिस युनिभर्स २०२०, एन्ड्रियाका केही रोचक जानकारी
३ जेठ, काठमाडौँ- मेक्सिकोकी एन्ड्रिया मेजा मिस युनिभर्स २०२० बन्न सफल भएकी छिन् । अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा पूर्व मिस युनिभर्स जोजिबिनी टुँन्जीले मेजालाई ताज लगाइदिएकी छिन् । मेजाले उपाधिका लागि ७३ देशका सुन्दरीसँग प्रतिस्पर्धा गरेकी थिइन् ।
एन्ड्रियाले आफ्नो जीतसहित इतिहास रचेकी छिन् । उनी मिस युनिभर्सको ताज जित्न सफल तेस्रो मक्सिकन महिला बनेकी छिन् । ब्राजिलकी जुलिया गामा फर्स्ट रनरअप भएकी छिन् भने पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप बन्न सफल भएकी छिन् । मिस युनिभर्सको यो प्रतियोगितामा अन्सिका शर्माले पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् । प्रतियोगिताका लागि अन्सिकाले अत्यन्तै मिहिनेत गरेतापनि उनले उत्कृष्ट २१ मा आफ्नो स्थान बनाउन सकिनन् ।
एन्ड्रियाका केही रोचक जानकारीः

१३ अगस्ट सन् १९९४ मा उनको जन्म चिहुवाहुवा शहरमा भएको हो । एन्ड्रिया २६ वर्षकी युवती हुन् ।अल्मा कारमोना र स्यान्टियागो मेजाकी जेठी छोरी उनका दुई बहिनी छन् । मोडल हुनुका साथै एन्ड्रिया सफ्टवेयर इन्जिनियर पनि हुन् । सन् २०१७ मा चिहुवाहुवाबाट नै उनी सफ्टवेयर इन्जिनियरको रुपमा ग्रेजुएट भएकी थिइन् ।
एन्ड्रिया लैङ्गिक हिंसाको विषयमा निकै मुखर छिन् । उनले सन् २०२० मा मेक्सिकन युनिभर्सल २०२० को ताज जितेकी थिइन् । यसबाहेक उनी मिस मेक्सिको २०१७ समेत बनिन् । उनले सन् २०१७ को विश्व सुन्दरीमा शीर्ष तीनमा आफ्नो स्थान बनाएकी थिइन् ।
‘यदि तपाईं आफ्नो देशकी नेता हुनुहुन्थ्यो भने तपाईं कोभिड–१९ महामारीलाई कसरी नियन्त्रण गर्नुहुन्थ्यो ?’ भन्ने प्रतियोगिताको प्रश्नोत्तर राउन्डको प्रश्नमा उनको जवाफ थियो, ‘मलाई लाग्छ, कोभिड–१९ जस्तो यो मुश्किल स्थितिसँग जुधुनका लागि कुनै सही तरिका छैन । यद्यपि, स्थिति भयावह हुनु अगावै मैले लकडाउन भने गर्थेँ होला किनभने हामीले धेरै ज्यान गुमाएका छौं ।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE