Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

माग पूरा भएमा सरकारमा जान सकिन्छ: महतो

२६ फागुन
काठमाडौँ – जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनलगायत आफ्ना माग पूरा भएमा मात्रै सत्ता साझेदारीबारे सोच्न सकिने बताउनु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकबाट बाहिरिने क्रममा उहाँले वर्तमान सरकारसँग माग पूरा गराउने शर्तसहित शुरुमा सहमति गरिएकामा पूरा नभएपछि समर्थन फिर्ता लिइएको स्मरण गराउँदै ती मागबारे सबै पक्षसँग छलफल हुने जनाउको छ ।

सत्तारुढ नेकपा (एमाले) र जसपाबीचको वार्ता टोलीबारे सोधिएको प्रश्नमा उहाँले हाल सत्ता साझेदारीमा नभई मुद्दाका विषयमा छलफल भएको बताउनु भयो । जसपाले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तालाई लगाइएका मुद्दा फिर्तालगायत माग उठाउँदै आईरहेका छन ।

WRITE COMMENTS FOR THIS ARTICLE