पार्टी र कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउन भेला गरिएकाे हाे : नेता नेपाल
४ चैत
काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई एकतावद्ध बनाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको बताएका छन्।
बुधबार एमालेको खनाल–नेपाल समूहले सानेपामा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टीलाई फुट र विसर्जनमा जान नदिनका लागि भेलाको आयोजना गरिएको बताएका हुन्।
उनले कम्युनिस्ट आन्दोलन र पार्टीमा निरन्तर लागिरहेका योद्धाहरु आफ्नो साथमा रहेको बताउँदै आफूहरु ध्वंस नभइ निर्माण गर्न र पार्टीलाई एकतावद्ध बनाउने गरी अगाडि बढेको बताए।
‘हामीले जुन बाटो समातेका छौँ, जुन हिसाबले पार्टीलाई अगाडि बढाउने सोचिरहेका छौँ, यो ध्वंस गर्नका लागि होइन्, निर्माण गर्नका लागि हो’, उनले भने, ‘पार्टीलाई एकतावद्ध बनाउनका लागि हो। कम्युनिस्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पु¥याउनका लागि हो।’
उनले भेला सकारात्मक र रचनात्मक उद्देश्यका साथ आयोजना गरिएको बताए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE