Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

देशका एक चौथाइ शहरहरु ‘लकडाउन’ गर्ने सीसीएमसीको प्रस्ताव

१७ बैशाख, काठमाडौँ – कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले देशका एक चौथाइ शहरहरुमा ‘लकडाउन’ प्रस्ताव गरेको छ ।

आज बसेको सीसीएमसीको बैठकले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गर्दै देशका एक चौथाइ शहरहरु लकडाउन गर्ने प्रस्ताव गरेको हो ।

नाकाबाट आवतजावत जारी रहँदा नेपालमा कोरोना संक्रमण बढेको भन्दै आज बसेको सीसीएमसीको बैठकले सीमा नाका बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले बैंक तथा वित्तिय संस्थाहरुले एक चौँथाइ कर्मचारी मात्रै राखेर सञ्चालन गर्न दिने निर्णय पनि गरेको उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार निर्माण कार्यका हकमा कामदारहरुलाई निर्माणस्थलमै राखेर बाहिर आउजाउ गर्न नपाउने गरी काम गर्न दिन प्रस्ताव गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE