Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

झलनाथ खनाललाई देखियो कोरोना, अस्पताल भर्ना

१८ वैशाख, काठमाडौँ – नेकपा एमालेका नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ । उनलाई अहिले अस्पतालमा भर्ना गरिएको एमाले स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार उनलाई अहिले मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको छ ।

त्यसैगरी नेकपा एमालेका नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ । उनलाई पनि सोही अस्पतालमा राखिएको जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE