Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

कोरोनाबाट काभ्रेमा ७ जनाको मृत्यु

२१ वैशाख, काठमाडौँ – कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा आज  ७ जनाको मृत्यु भएको छ।

धुलिखेल अस्पतालमा उपचाररत चार कोरोना सङ्क्रमित र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत तीनको उपचारका क्रममा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जनाएको छ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरका ७८ वर्षीय बृद्ध, बनेपाका ४२ वर्षीय पुरुष र ६२ वर्षीया महिला, पनौतीकी ८० वर्षीया बृद्धा, भक्तपुरका ६२ वर्षीया महिला र ६७ वर्षीय पुरुष तथा महोत्तरी, जलेश्वरका ५० वर्षीया महिला छन्।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE