मिरमिरेमा धपक्क बलेको रानी पोखरीको अदभुत दृष्य
२४ बैशाख, काठमाडौँ – २०७२ सालको महाविनासकारी भूकम्प पश्चात् रानी पोखरी पुनः निर्माण सम्बन्धी विवाद र अभियान चलेको थियो । काठमाडौँ महानगरपालिकाले आधुनिक शैली अनुसार पुनःनिर्माण गर्ने योजना बनाएपछि समुदायबाट विरोध भयो । फलतः सन् २०२० मा रानी पोखरी परम्परागत शैलीमा पुनःनिर्माण भयो । पोखरी बीचको बालगोपालेश्वर मन्दिर यस पुनःनिर्माणले मल्लकालीन ग्रन्थकुट शैलीमै निर्माण भयो । पूनः निर्माण पछि काठमाडौँ उपत्यकाको केन्द्र अर्थात मुटुमा रहेको रानी पोखरी र बालगोपाल माहादेव मन्दीरमा रातको समयमा बत्तिले झलमल्ल पारिएको हुन्छ ।

रानी पोखरीको बारेमा
रानी पोखरी (नेपालभाषामा न्हू पुखू वा लानि पुखू) देशको राजधानी काठमाडौँको मध्यमा अवस्थित एक मानव निर्मित पोखरी हो। ऐतिहासिक पुरातात्वीक यो सुन्दर पोखरीको पूर्वमा राणा प्रधानमन्त्री श्री ३ बीर शमशेर राणाले बनाएको घण्टाघर, राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर राणालेबनाएको त्रि चन्द्र कलेज छ्न् भने पश्चिममा नेपालकै सबै भन्दा पुरानो विद्यालय दरबार हाईस्कूल रहेको छ। त्यस्तै उत्तरमा बिश्वज्योती सिनेमाघर छ भने दक्षिणमा रत्न पार्क छ। रानी पोखरीको बिचमा बालगोपाल महादेवको मन्दिर छ, यो मन्दिर वर्षमा एक दिन तिहारको भाइटिकाको दिनमा मात्रै खुल्ला हुन्छ। रानीपोखरीलाई वरीपरी फलामको बारले बारिएको छ। रानीपोखरीको बार भित्र ठूलो हाती र त्यस माथि राजा प्रतापमल्ल, रानी र छोराको मुर्ती स्थापित गरिएको छ ।




RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE