Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

राष्ट्रिय स्वाधीनता र स्वाभिमान उँचो राखेका छौं : प्रधानमन्त्री ओली

२७ वैशाख,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र स्वाधीनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन् ।

प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका कामहरु आफैं बोल्ने बताए । ‘राष्ट्रियताको पक्षमा त्यति सुदृढ र सक्षम ढंगले अगाडि बढेको सरकारलाई विश्वास गर्न नपर्ने कुनै कारण छैन’, प्रधानमन्त्री ओलीले भने ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि बढाउन र नेपालीको इज्जत बढाउन सरकारले गरेको मेहेनत खेर नगएको ओलीको भनाई छ ।

‘राष्ट्रिहितको संवद्र्धनको पक्षमा , स्वाधीनता र स्वतन्त्रताको व्यवहारिका कार्यान्वयन गर्ने सन्दर्भमा, भौगोलिक अखण्डताको रक्षा र पहरेदारी गर्ने सन्दर्भमा, राष्ट्रिय हितलाई सर्वोपरी गर्ने सन्दर्भमा र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउन सन्दर्भमा वर्तमान सरकारले कुनैपनि कसर बाँकी राखेको छैन । यसमा कुनै तर्क गर्नुपर्दैन । हाम्रा उपलब्धी आफैं बोल्छन्’, ओलीको भनाई थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE