Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

नेकपा माओवादी केन्द्रले सिसिएमसी खारेज गर्न माग

६ जेठ, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी९माओवादी केन्द्र०ले कोभिड १९ संकट व्यवस्थापन केन्द्र९सिसिएमसी० खारेज गर्न माग गरेको छ ।

बिहीबार पेरिसडाँडाँस्थित केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० खारेज गर्न माग गरेको हो।

 

विपत सम्बन्धी घटनाहरु हेर्नका लागि विभिन्न सरकारी संयन्त्र भए पनि तिनलाई काम गर्न नदिई कानुनी हैसियत नभएको सिसिएमसी गठन गरिएको र सिसिएमसीमार्फत् अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसलाई खारेजी गर्नुपर्ने नेकपा ९माओवादी केन्द्र० का नेता वर्षमान पुनले बताउनु भयो।

‘सिसिएमसी खारेज गर्नुपर्छ। विपत सम्बन्धि घटनाहरु हेर्नका लागि गृह मन्त्रालयमा अलग्गै कानुनी व्यवस्थासहितको प्राधिकरण छ। त्यसलाई पनि काम गर्न दिईएको छैन। स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गत यस प्रकारका जोखिमहरुको बारेमा काम गर्ने निकाय छ। त्यसलाई पनि काम गर्न दिईएको छैन। प्रधानमन्त्रीको नेतृत्वमा यस प्रकारका विपतहरु हेर्ने अलग्गै निकाय छ त्यसले पनि काम गरेको छैन। छुट्टै सिसिएमसी भनेर खडा गरेर त्यसलाई अलग्गै कानुनी हैसियत नभएको संरचनामार्फत् अनियमितता, भ्रष्टाचार, सामाग्री दुरूपयोगका कुरा आउने भइरहेको छ। त्यसले सहि ढंगले काम गरिरहेको छैन त्यो खारेज गरिनुपर्छ र कानुनले चिनेको निकायले काम गर्नुपर्छ,’ पुनले भन्नु भयो।

माओवादी केन्द्रले सरकार एक्लैले कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्भव नहुने भन्दै प्रधानमन्त्रीको नेतृत्वमा विज्ञ तथा नागरिक समाज समेतका संलग्नतामा सर्वदलीय र सर्वपक्षीय समिति बनाउनुपर्ने पनि बताएको छ। ‘प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलीय, सर्वपक्षीय समिती बनाएर त्यसले सबै जनशक्ति, राजनीतिक दल, वैज्ञानिक समुदाय, विज्ञ समुदाय, नागरिक समाज लगायतका सम्पूर्ण क्षेत्रलाई यसमा परिचालन गर्नुपर्छ । त्यसो गर्न सकिएन भने सरकारकै प्रयत्नले यो सम्भव छैन,’ उहाँले भन्नु भया।

बैठकले अक्सिजनलगायतका स्वास्थ्य सामग्रीहरुको सप्लाई, सरकारी तथा निजी अस्पतालको क्षमतावृद्धि, कोभिड संक्रमितलाई आवश्यक बेडको वृद्धि र आइशोलेसन, आईसियु, भेन्टिलेटरलगायतको क्षमता विस्तार गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ।

कोभिड १९ विरुद्ध फ्रन्टलाइनमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायतलाई जोखिम भत्ता उपलब्ध गराउन तथा फ्रन्टलाइनरका परिवारलाई कोभिड १९ विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन सरकारले ध्यान दिनुपर्नेमा पनि जोड दिईएको छ।

माओवादीले अध्यक्ष प्रचण्डको नेतृत्वमा कोभिड १९ विरुद्ध लड्ने टिम बनाउने र ३ लाख बढी पार्टीका नेता, कार्यकर्तालाई परिचालन गर्ने पनि नेता पुनले जानकारी दिनुभयो।

५ दिनभित्र प्रदेश, जिल्ला र वडा तहसम्म पुगेर समिति गठन गर्ने र राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । यसबारेमा सम्पूर्ण जानकारी भोलि पत्रकार सम्मेलन गरी दिइने नेता पुनले बताउनु भयो।

भोलि नै माओवादी केन्द्रले कोभिड १९ को रोकथाम तथा नियन्त्रणको सन्दर्भमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराउने पनि माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिनुभयो।

WRITE COMMENTS FOR THIS ARTICLE