Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

विभाजनको संघारमा रहेको नेकपा एमालेः एकता जोगाउन कसरतमा

विभाजनको संघारमा रहेको नेकपा एमालेः एकता जोगाउन कसरतमा

१९ जेठ, काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल सहित सो गुटमा सक्रिय नेताहरु बाहेकलाई राखेर मात्र पार्टी एकता गर्ने पक्षमा रहेको बुझिएको छ । अध्यक्ष ओलीले वरिष्ठ नेता माधव नेपाल, भीम रावल लगायत केही नेताहरुलाई बाहिर राखेर मात्रै पार्टी एकता गर्ने उनीनिकट स्रोतबाट बुझिएको छ ।

अध्यक्ष ओलीले पछिल्लो समयमा माथिल्लो पंक्ति बाहेकका १२ सांसदलाई कारवाही गरेका छैनन् । कारवाही नगरिएका सांसदहरुसँग अध्यक्ष ओलीले व्यक्तिगत संवादहरु गरिरहेको उनीनिकट स्रोतले बतायो । अध्यक्ष ओलीले नेपाल निकट नेताहरुलाई एकताको लागि मनाइरहेका छन्, स्रोतले भन्यो ।

यद्यपि अध्यक्ष ओलीको माधव नेपाल, झलनाथ खनाल र भीम रवाल लगायतका नेतालाई बाहिर राखेर मात्रै एकता गर्ने बुझिएको छ । पछिल्लो समया संसद विघटन गरेपछि राष्ट्रिय राजनीतिमा घेराबन्दीमा परेका ओलीले पार्टी विभाजन हुन नदिन हदैसम्मको लचकता अपनाउनुपर्ने उनी निकट नेताहरुले सुझाव दिएका छन् ।

सोही सुझावअनुसार ओली र नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरुबीच एकताको लागि वार्ता भैरहेको खबर छन् । तर, वार्ता अझैपनि सकारात्मक हुन सकेको छैन् । पार्टीमा विकृति र विसंगति भित्र्याउन हदैसम्मको भूमिका खेलेको भन्दै माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहितको एकता ओलीले चाहेको उनीनिकट नेताहरुको भनाई छ ।

अर्कोतर्फ माधव नेपाल पक्षले भने छुट्टै पार्टी गठनको तयारी थालेको बुझिएकोे छ । नेता नेपालले ओलीले एकताको नाममा आफूहरुलाई भुल्याउन खोजेको आरोप लगाउँदै आएका छन् ।

 

Sponsored
Sponsored

WRITE COMMENTS FOR THIS ARTICLE