Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

कोरोनामुक्त हुने बढे

८ जेठ, काठमाडौँ – कोरोना सङ्क्रमणको सङ्ख्यामा खासै कमी आउन नसके पनि निको हुनेको  सङ्ख्यामा  भने  सुधार  हुँदै  गएको  छ  ।  गएको २४ घण्टामा थप आठ हजार ६ सय ७ जनामा कोरोना भाइरस  सङ्क्रमण पुष्टि भएसँगै कोरोना निको हुने सङ्ख्यासमेत सात हजार ८ सय ९० रहेको छ । एक दिनअघि  बिहीबार छ हजार ५ सय ४३ जना सङ्क्रमित निको भएका थिए ।

स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालयका  अनुसार  २२  हजार  ३ सय ५३  जनाको  पीसीआर  परीक्षण गर्दा आठ हजार ४ सय ७ जना र ८ सय ७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई सय जना गरी कुल आठ हजार ६ सय ७ जना सङ्क्रमित शुक्रबार थपिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितहरुसँगै देशभर कुल सङ्क्रमितको सङ्ख्या  चार  लाख  ९७  हजार  ५२  पुगेको  छ  भने तीन लाख ७४ हजार ८ सय ३६ जना सङ्क्रमित निको भइसकेका छन् । शुक्रबार कोरोना निको हुने सङ्ख्या सात हजार ८ सय ९० रहेको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE