Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

यादव पक्षले जसपा अध्यक्ष ठाकुरसहित चार जनालाई पार्टीबाट निष्कासन

१८ जेठ, काठमाडौँ – जनता समाजवादी पार्टी जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको छ।

मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गरेको हो । साथै उक्त निर्णय निर्वाचन आयोगलाई गराइसकिएको एक कार्याकारीणी सदस्यले जानकारी दिनुभयो।

हामीले काठमाडौंमा उपलब्ध सदस्यको बैठक बसेर आज उहाँहरूलाई पार्टी सदस्यबाट समेत निष्कासन गरेर यसबारे निर्वाचन आयोगलाईसमेत जानकारी गराइएका छौं’, ती सदस्यले भन्नुभयो।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव पक्षले यसअघिनै अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई दुई पटक स्पष्टिकरण सोध्नुभएको थियो।

भट्टराई यादव पक्षले वर्तमान सरकारमा सहभागी हुने जुनसुकै नेतालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिनुभएको थियो। ठाकुर पक्ष भने ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित सरकारमा जाने अन्तिम तयारीमा छ ।

यसैबीच ठाकुर पक्षले सरकारमा जाने विषयमा छलफल गर्न आफ्नो बैठक बोलाएको छ। बबरमहलस्थित पार्टी कार्यालयमा अध्यक्ष ठाकुरले आफू निकट नेतासँग छलफल गरिरहेका छन्।

 

WRITE COMMENTS FOR THIS ARTICLE